मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
आगलागीउधघाटनमुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

जनता समाजवादी पार्टी नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न

सितल साह ,सिरहा , फाल्गुन २१ ।। जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न भएको छ। बैठकमा विभाग प्रमुख र केन्द्रीय सदस्य चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

बैठकमा विभिन्न महत्वपूर्ण मुद्दाहरूमा गहन छलफल गरिएको थियो। विशेषगरी भूमि सम्बन्धी अध्यादेश, विभागमा नयाँ सदस्य थप्ने र वन, वातावरण तथा विपद् व्यवस्थापन नीतिको सम्बन्धमा छलफल गरी निर्णय पारित गरिएको छ। यस अवसरमा सहभागी नेताहरूले नेपालको पर्यावरणीय संकट र विपद् व्यवस्थापनमा सुधार ल्याउनका लागि ठोस कदम चाल्नु आवश्यक रहेकोमा जोड दिएका छन्।

बैठकमा भूमि सम्बन्धी अध्यादेशको प्रभाव र यसका सम्भावित असरहरूको विषयमा गहन छलफल भएको थियो। साथै, जसपा नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागलाई अझ प्रभावकारी बनाउन नयाँ सदस्यहरूलाई समावेश गर्ने निर्णय गरियो।

बैठकमा वन संरक्षण, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा पार्टीको भूमिका निर्धारण गर्नका लागि दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता पनि सबैतिर व्यक्त गरिएको थियो।

बैठकमा प्रमुख नेताहरूका साथै सचिव हन्सा साह, विज्ञ माधव प्रसाद देव, चन्देश्वर सदा, कोषाध्यक्ष सुरिता साह, प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, र प्रदीप घाताली लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकको समापनपछि उपस्थित सबै नेताहरूले वन, वातावरण तथा विपद् व्यवस्थापनका मुद्दामा पार्टीको नीति बनाउन र प्रभावकारी कार्ययोजना ल्याउन प्रतिबद्धता जनाए।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker