मिति:- ३२ जेष्ठ २०८२, शनिबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सांसद राजकुमार गुप्ताको विशेष पहलमा ठाढी–अभयनगर सडक स्तरोन्नति कार्य सुरु

सितल साह , बैशाख २२ सिरहा, लहान ।। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–४ अन्तर्गत ठाढी देखि अभयनगरसम्मको जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नतिको कार्य आजबाट विधिवत रूपमा सुरु गरिएको छ। मधेश प्रदेश सरकारको बजेट तथा सिरहा क्षेत्र नं. १ (ख) का प्रदेश सांसद माननीय राजकुमार गुप्ताको विशेष पहलमा २५ लाख रुपैयाँको लागतमा सो सडक स्तरोन्नति गरिने भएको हो।

विगत धेरै वर्षदेखि जीर्ण अवस्थामा रहँदै आएको यो सडकले स्थानीय बासिन्दालाई दैनिक आवतजावतमा निकै कठिनाइ पुर्‍याउँदै आएको थियो। विशेषगरी वर्षातको समयमा सडक हिलो र खाल्डाखुल्डीले भरिएको हुने भएकाले जनताले सास्ती भोग्दै आएका थिए। आजबाट काम सुरु भएपछि स्थानीयवासीहरूमा खुशी छाएको छ। सडक स्तरोन्नतिको कार्यले यातायात सहज हुने र आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रम भगवानपुर गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार यादवको अध्यक्षता र प्रदेश सांसद राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सांसद गुप्ताले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको स्थानीयहरुले बताए। “ठाढी–अभयनगर सडकको स्तरोन्नति मेरो प्रतिवद्धता थियो, आजबाट यसको कार्यान्वयन सुरु भएकोमा म सन्तुष्ट छु,” गुप्ताले भने।

स्थानीय जनप्रतिनिधिहरूले सांसद गुप्ताको नेतृत्वमा विगतदेखि नै क्षेत्रको सर्वांगीण विकास हुँदै आएको बताएका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सडक जस्ता महत्वपूर्ण क्षेत्रहरूमा उहाँको सक्रियता प्रशंसनीय रहेको उनीहरूले बताए।

जनआकांक्षा अनुसार सुरु भएको यो सडक स्तरोन्नति योजना पूरा भएपछिको प्रभाव प्रत्यक्ष रूपमा स्थानीय जनतामा देखिनेछ। भगवानपुर गाउँपालिका–४ ठाढीबाट अभयनगरसम्मको करिब दुई किलोमिटर सडक खण्ड स्तरोन्नति भएसँगै यस क्षेत्रको जीवनस्तरमा समेत सुधार आउने विश्वास लिइएको छ।

यश किसिमकाे बिकाशले स्थानीय इतिहासमा एक सकारात्मक मोडको रूपमा दर्ज हुनेछ, जहाँ जनप्रतिनिधिहरूको प्रतिबद्धता र सरकारको सहयोगमा विकासको यात्रा अघि बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button