Uncategorized
जसपा नेपाल सिरहाको जिल्ला सदस्य पदमा उमेश साह निर्विरोध निर्वाचित।।

सितल साह , लहान,सिरहा, बैशाख १२ – जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्लाको हालै सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट वरीयारपट्टी गाउँपालिकाका सक्रिय युवा नेता उमेश कुमार साह निर्विरोध रूपमा जिल्ला सदस्य पदमा चयन हुनु भएको छ। उहाँलाई सफल कार्यकालको लागि सम्पूर्ण जसपा प्रेमीहरू, शुभेच्छुक तथा स्थानीयवासीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
साह यसअघि जसपा निकट समाजवादी विद्यार्थी नेपाल संगठनका सिरहा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर युवाहरूको नेतृत्वदायी भूमिका निभाउँदै आउनु भएको हो। निरन्तर पार्टीप्रति वफादार, इमानदार र जनसेवामुखी कार्यशैलीले उहाँ युवाहरूको ढुकढुकीका रूपमा स्थापित भइसकेका छन्।
जसपा नेपाल सिरहा जिल्ला अधिवेशन बैशाख ८ गते खुला सत्रसहित प्रारम्भ भएको थियो, जुन तीन दिनसम्म बन्द सत्रका रूपमा सञ्चालन भई सहमतिमै ५७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ। लामो छलफल र आपसी सहमतिपछि अशोक यादवलाई जिल्ला अध्यक्षमा चयन गरिएको हो।
जिल्ला सदस्यजस्तो महत्वपूर्ण र जिम्मेवार पदमा उमेश साह निर्वाचित भएपछि वरीयारपट्टी गाउँपालिकाका जनताको आवाज अब सहज रूपमा जिल्ला तहसम्म पुग्नेमा स्थानीयवासीहरू आशावादी देखिएका छन्। साहको सक्रियता र प्रतिबद्धता हेर्दा आगामी दिनमा जनताको हितका पक्षमा अझ प्रभावकारी कार्य हुने अपेक्षा गरिएको छ।
उक्त अधिवेशनमा जिल्लाभरिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले पार्टीभित्रको एकता र समन्वयलाई बलियो बनाएको छ।
