मिति:- ७ भाद्र २०८३, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

गणेश यादवको घरमा पुग्याे मानवअधिकारकाे टोली:निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग


सितल साह , सिरहा १६ साउन ०८३  — नेपाल मानवअधिकार संगठनका मधेश प्रदेश अध्यक्ष बिमल ठाकुर, संगठनका केन्द्रीय कार्यसम्पादन समिति सदस्य राजकुमार राउत, एमनेस्टी इन्टरनेसनल नेपाल सिराहाका अध्यक्ष सुरेन्द्र कुसवाहा तथा पत्रकार मिथलेस यादवसहितको संयुक्त टोलीले गोलबजारमा साउन १४ गते  आन्दोलनका क्रममा ज्यान गुमाएका औरही गाउँपालिका–२, तुलसीपुर निवासी अन्दाजी १५ वर्षीय गणेश यादवको परिवारसँग भेटघाट तथा घटनाबारे जानकारी लिएको छ।


मिति २०८३ साउन १६ गते टोली गणेश यादवको घरमै पुगेर परिवारजनसँग घटनाको विवरण, पारिवारिक अवस्था तथा राज्यबाट भइरहेको सहयोगका विषयमा छलफल गरेको हो। टाेलिका अनुसार भेटका क्रममा मानवअधिकारसँग सम्बन्धित संवेदनशील विषयहरू, घटनाको वास्तविक अवस्था तथा पीडित परिवारका आवश्यकता बारे विस्तृत रूपमा कुराकानी गरिएको थियो।


परिवारजनका अनुसार गृहमन्त्री सुदन गुरुङले शुक्रबार पीडित परिवारसँग भेट गरी घटनाका दोषीलाई कडा कारबाही गरिने, परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था नेपाल सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै शनिबार नै हेलिकप्टरमार्फत गणेश यादवको शव घर पठाएर त्यसपछि अन्त्येष्टि गरिने जानकारी पनि दिएको परिवारले जनाएको छ।


अनुगमन टोलीले गोलबजारस्थित राम प्रताप राम प्रसाद तामाङ जनता बहुमुखी क्याम्पस अगाडि रहेको घटनास्थलको स्थलगत निरीक्षण गर्दै आन्दोलनका क्रममा भएको घटनाको वस्तुस्थिति बुझ्ने प्रयास गरेको थियो। टोलीले आन्दोलनका क्रममा क्षति पुगेका एबी मल, वरपरका जलेका भवन तथा मोटरसाइकलहरूको समेत अवलोकन गरेको छ। साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्थाबारे पनि चासोका साथ जानकारी लिएको जनाएको छ।


अनुगमन टाेलिले कुनै पनि नागरिकमाथि छातीमा गोली प्रहार हुनु गम्भीर मानवअधिकार उल्लङ्घनको विषय भएको उल्लेख गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र गहन अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
टोलीले पछिल्ला केही दिनदेखि हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावका कारण तीन जनाले ज्यान गुमाउनु अत्यन्त दुःखद तथा निन्दनीय भएको जनाएको छ। यस्ता साम्प्रदायिक द्वन्द्व फैलाउने समूहहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा सामाजिक सद्भाव कायम गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा मानवअधिकारकर्मीहरूले जोड दिएका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker