मिति:- २१ भाद्र २०८३, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

नेपाल रेडक्रस धनुषामा सांसद मनिष झा को मनोमानी: नवगठित तदर्थ समिति खारेजी गर्न सरोकारवालाको माग।

​जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र विरोध र असन्तुष्टि सिर्जना भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सांसद मनिष झाले विधान, सांगठनिक हित र प्रजातान्त्रिक पद्धतिविपरीत मनोमानी ढङ्गले समिति गठन गराएको भन्दै सरोकारवालाहरूले त्यसको कडा प्रतिवाद गरेका छन्।

​सम्बन्धित पक्ष तथा सरोकारवालाहरूका अनुसार, पार्टीका जिल्ला स्तरीय समिति, पदाधिकारी, सांसद तथा स्थानीय कार्यकर्ता र सरोकारवाला निकाय एवं पदाधिकारीलाई पूर्ण रूपमा बेवास्ता गर्दै एकपक्षीय र अपारदर्शी ढङ्गले यो समिति गठन गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाले पूर्व सभापति नरेशकुमार सिंहको नेतृत्वमा रहेको मौजुदा जिल्ला शाखा समिति विघटन गराएकाे थियाे ।

यता, ​नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको २०८३ साउन ४ गतेको निर्णयअनुसार पंकजकुमार महतोको सभापतित्वमा ११ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिएको पत्र सार्वजनिक भएको थियो। तर, उक्त समिति गठन प्रक्रियामा पारदर्शिताको अभाव रहेको र रेडक्रस जस्तो मानवीय तथा सामाजिक संस्थामा राजनीतिक प्रभाव र मनोमानी चलाइएको भन्दै विरोध चर्किएको छ।

​स्थानीय कार्यकर्ता, पार्टीका जिल्ला स्तरीय पदाधिकारी तथा सरोकारवालाहरूले सांसद मनिष झाको यो निर्णय सांगठनिक हित विपरीत रहेको ठहर गरेका छन्। उनीहरूले नियम र विधान विपरीत गठन गरिएको यो एकलाैटी तदर्थ समिति यथाशीघ्र खारेज गर्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिसँग जोडदार माग गरेका छन्।

​रेडक्रसको मर्म, तटस्थता र प्रजातान्त्रिक मूल्य-मान्यता जोगाउनका लागि निष्पक्ष र सर्वस्वीकार्य ढङ्गले पुनः प्रक्रिया अघि बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker