मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
लागूऔषधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सप्तरी बाट लागू औषध सहित दुई युवा पक्राउ

सप्तरी बाट लागू औषध सहित दुई युवा लाई प्रहरीले पक्राउ गरेका छ्न।

राजेन्द्र महतो,फाल्गुन १७ , सप्तरी । सप्तरी बाट लागू औषध सहित दुई युवा लाई प्रहरीले पक्राउ गरेका छ्न।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगर पालिका -९ सयपत्री टोलका २१ बर्शिय चुडामणि राय माझी र सोही ठाउँका २० बर्शिय सुमन परियार रहेका छ्न।
प्रहरी चौकी मौवाहा मल्हनियाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङको कमान्डमा खटिएको टोलि ले बलान बिहुल गाउँ पालिका- १ बलान खोला बाट भारत को लौकहा ठाडी बाट पैदल आउदै गरेको राय र परियारलाई चेक जाँच गर्दा निजको साथ बाट फेनारगन -९७ पिस ,डाइजेपान -९७ पिस ,आइ पि पि एल -९७ पिस गरि जम्मा -२९१ पिस र नाइट्रोभेट -१५ पिस फेला परेको हुदा दुबै जना लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पकाउ परेका दुबै जनालाई आबश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरी पठाइने प्रहरी चौकी मौवाहा मल्हनियाले जनाएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker