मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधदुर्घटनामुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

दलित बिद्यार्थीकाे बहिष्कारको घटना : गहिरो छानबिन र न्यायको माग,स्थानीय सरकार माैन

सिरहा जिल्लाका नवराजपुर गाउँपालिका-१ भगवतीपुर र लहान-१४ बस्तीपुर माविमा सरस्वती पूजा दौरान दलित विद्यार्थीमाथि गरिएको बहिष्कारको घटना गम्भीर रुपमा उठ्दै छ।

सिरहा, फाल्गुन -०३।। सिरहा जिल्लाका नवराजपुर गाउँपालिका-१ भगवतीपुर र लहान-१४ बस्तीपुर माविमा सरस्वती पूजा दौरान दलित विद्यार्थीमाथि गरिएको बहिष्कारको घटना गम्भीर रुपमा उठ्दै छ। सामाजिक न्यायका लागि लड्ने विभिन्न पक्षहरूले यस घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिनको माग गरेका छन्। दोषीहरूमाथि कडा कारबाही हुनुपर्ने आवाज उठिरहेकाे छ।

दलित, गरीब र मजदुर वर्गमाथि हुने विभेद र अन्याय दिन प्रतिदिन बढ्दो छ। न्याय प्रणालीमा दुबै किसिमका मापदण्ड लागू हुनु— सानालाई ऐन, ठूलालाई चैन— जस्ता प्रवृत्तिले सामाजिक सद्भावलाई खलल पुर्‍याइरहेको छ। हालै भएको बलात्कारपछि आत्महत्या प्रकरणमा पनि गाउँस्तरमै गरिएको सामाजिक मेलमिलापको नाममा जरिवाना तोकिएको र आत्महत्यापछि ढोका बाहिरबाट थुनिएको विषय गम्भीर छानबिनको माग गर्दछ।

गरीब र दलित समुदायलाई न्याय र सुरक्षाको पहुँच महँगो बन्दै गएको छ। सामान्य घटनामा विज्ञप्ति निकाल्ने दल र संघसंस्थाहरू जातीय विभेदका गम्भीर घटनामा मौन बस्नु गम्भीर चिन्ताको विषय बनेको छ। किसान, मजदुर, गरीब, दलित वर्गको आवाज दबिँदा लोकतन्त्र बलियो नहुने र समाजवादको बाटो अझै टाढिने हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

चुनावी भाषणहरूमा किसान, मजदुर, दलित समुदायका लागि समर्पित भनेर प्रतिबद्धता व्यक्त गर्नेहरू सत्ता र समाज चलाउने बेलामा जात-धर्मको आधारमा विभेद किन गर्छन्? अब यी प्रश्नहरूको उत्तर खोज्ने समय आएको छ।

गरीब र श्रमजीवी वर्गले आत्मसम्मान सहित न्याय, विकास, समृद्धि, राजनीतिक सहभागिता, विभेदमुक्त समाज र समान अवसरको माग गरिरहेका छन्। यस घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्दै समाजलाई न्यायोचित बाटोतर्फ डो-याउन राज्य र सरोकारवाला निकायहरू गम्भीर बन्नुपर्छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker