मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorizedनिर्वाचनमहाधिवेशनमुख्य-समाचारसमाचारस्थानीय खबर

नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्षमा पुनः मनाेज बनैता चयन।।

नेपाल पत्रकार महासंघ सिराहा शाखाको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। मंसिर २८ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा पुन: मनोज बनैता चयन हुनु भएको छ।

सितल साह सिराहा, मंसिर ३० – नेपाल पत्रकार महासंघ सिराहा शाखाको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। मंसिर २८ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा पुन: मनोज बनैता चयन हुनु भएको छ। उपाध्यक्षमा रोयान्टर मण्डल चयन हुँदा, महिला उपाध्यक्षमा यमुना खनाल र उषा यादव दुवै जना बराबरी मत ल्याई निर्वाचित हुनुभएको छ।

सचिवको जिम्मेवारी मुकेश यादवले प्राप्त गर्नुभएको छ भने समावेशी सह-सचिवका रूपमा धर्मेन्द्र कुमार पासवान र एलिना हिमाङग चयन हुनुभएको छ। कोषाध्यक्षमा शुभनारायण कामती निर्वाचित हुनुभएको छ।

सदस्यहरूमध्ये जनजाति तर्फबाट विनोद मण्डल, मधेशी तर्फबाट मोहन कुमार साह निर्वाचित हुनुभएको छ। त्यस्तै, केन्द्रीय परिषद् सदस्यका रूपमा मनिलाल विश्वकर्मा, दिनेश्वर प्रसाद गुप्ता, र देवकुमार यादव निर्वाचित हुनुभएको छ।

यस पटक, केही पदका उम्मेदवारहरू निर्विरोध रूपमा चयन हुनुभएको छ। कार्यसमिति सदस्यहरूमध्ये विनिता चौधरी, सरोज पासमान, जयनाथ यादव, नरेशचन्द्र बरबरिया, राकेश कुमार मिश्र (सोनु), र रामभरोसी कामती निर्विरोध निर्वाचित हुनुभएको हो।

प्रदेश परिषद सदस्यमा आशिष कुमार साह, गणेशप्रसाद साह, डा. जयनारायण यादव, भारती गुप्ता, र संतोष कुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ।

निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई साथै सफल कार्यकालको लागि मङ्गलमय शुभकामना व्यक्त गरिएको छ। पत्रकारिता क्षेत्रको सशक्तिकरणमा नवनिर्वाचित नेतृत्वले उत्कृष्ट योगदान पुर्याउने विश्वास गरिएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker