मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधपत्रपत्रिकामुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सांसद ललिता दासद्वारा मधेश प्रदेशसभामा दलित छात्रमाथि भएको विभेदबारे कडा कारबाहीको माग

मधेश प्रदेशको सिरहा जिल्लाको लहान-१४ स्थित बस्तिपुर माविमा सरस्वती पूजा कार्यक्रममा दलित विद्यार्थीलाई बस्न नदिएको घटनाप्रति मधेश प्रदेशसभा सांसद ललिता दास बिद्रोहीले कडा आपत्ति जनाएउदै सभामुख मार्फत ध्यानाकर्षण गराएका छन।

सितल साह , लहान, फाल्गुन ०१ – मधेश प्रदेशको सिरहा जिल्लाको लहान-१४ स्थित बस्तिपुर माविमा सरस्वती पूजा कार्यक्रममा दलित विद्यार्थीलाई बस्न नदिएको घटनाप्रति मधेश प्रदेशसभा सांसद ललिता दास बिद्रोहीले कडा आपत्ति जनाएउदै सभामुख मार्फत ध्यानाकर्षण गराएका छन।सभामा सम्बोधन लहान २४ गरेपनि फेसबुक स्टाटस मार्फत लहान -१४ रहेकाे जानकारी गराएका छन।

विद्यार्थी कृष्ण रामले सामाजिक सञ्जालमार्फत विद्यालय प्रशासनले आफूलाई दलित भएकै कारण पूजा कार्यक्रममा बस्न नदिएको गुनासो गरेका थिए। उनका अनुसार विद्यालयमा कक्षा ९ का प्रथम विद्यार्थीले हरेक वर्ष सरस्वती पूजामा विशेष स्थानमा बस्ने परम्परा रहेको छ। तर, यसपालि गैर-दलित छात्रालाई प्राथमिकता दिई आफूलाई रोकिएको आरोप उनले लगाएका छन्।

यस घटनाप्रति कडा प्रतिक्रिया जनाउँदै सांसद बिद्रोहीले यस्ता गतिविधिले बिद्यार्थी रामकाे मनाेवल कमजाेर हुने बताउदै दोषीहरूलाई “मानसिक रोगी” को संज्ञा दिएकी छन्। उनले मधेश प्रदेशसभाका सभामुखमार्फत दोषीविरुद्ध कडा कानुनी कारबाहीको माग गर्दै यो घटना समाजका लागि लज्जास्पद रहेको बताइन्।

दलित समुदायका अगुवाहरूले पनि विद्यालय प्रशासनको आलोचना गर्दै आएका छन।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker