मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनसमाचारस्थानीय खबर

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारित बैठक सम्पन्न।

जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेश समितिको विस्तारित बैठक आज जनकपुरधाममा सम्पन्न भएको छ। बैठक पार्टीको विधिविधान र केन्द्रीय परिपत्रअनुसार बोलाइएको थियो।

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारित बैठक सम्पन्न

सितल साह , जनकपुरधाम, २४ भाद्र– जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेश समितिको विस्तारित बैठक हिजाे जनकपुरधाममा सम्पन्न भएको छ। बैठक पार्टीको विधिविधान र केन्द्रीय परिपत्रअनुसार बोलाइएको थियो।

बैठकको अध्यक्षता जसपा नेपालका अध्यक्ष बालकिशोर प्रसाद यादवले गर्नुभएको थियो। यस अवसरमा जसपा नेपालका उपाध्यक्ष राजशिकिशोर यादव विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा केन्द्रीय समितिबाट तोकिएका अनुगमनकर्ताहरू, केन्द्रीय अभियन्ता, प्रदेश कार्यकारिणीका सदस्यहरू, जिल्ला समितिका अध्यक्षहरू र प्रदेशस्तरका जनसंगठनका प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकले पार्टीको आधारभूत संगठन निर्माणको चार महिने अभियानको समीक्षा गर्दै प्रदेशस्तरका विभिन्न निर्देशन जारी गरेको छ। बैठक बिहान रमनटावर जनकपुरधाममा सम्पन्न भएको थियो।

बैठकले आगामी गतिविधिहरू र योजनाबारे चर्चा गर्दै मधेश प्रदेशको राजनीतिक र संगठनात्मक स्थिति सुधार गर्न विभिन्न निर्णयहरू लिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker