मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनसमाचारस्थानीय खबर

जनतासंग जसपाको नयाँ अभियान: ५ लाख सदस्यता र संगठन निर्माणको लक्ष्य”

"जनतासंग जसपाको नयाँ अभियान: ५ लाख सदस्यता र संगठन निर्माणको लक्ष्य" जनतासंग जसपा, नेपालले नयाँ आधारभूत संगठन निर्माण अभियानको घोषणा गरेको छ।

सितल साह ,भाद्र १९ सिरहा।। “जनतासंग जसपाको नयाँ अभियान: ५ लाख सदस्यता र संगठन निर्माणको लक्ष्य” जनतासंग जसपा नेपालले नयाँ आधारभूत संगठन निर्माण अभियानको घोषणा गरेको छ।

पार्टीको संगठनलाई टोल, बुथ, गाउँ/नगर/पालिका, प्रदेश/संघीय निर्वाचन क्षेत्रसम्म फैलाउन, समितिहरू गठन गर्न, सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गरी पार्टीको सदस्य संख्या ५ लाखमा पुर्याउनु पर्ने मुख्य लक्ष्य राखेका छन।

सबै स्थानीय तहको टोल, बुथ, वडा, गाउँ/नगर, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रसम्म संगठन सञ्चालन गर्ने। पार्टी नेता र कार्यकर्ताको सैद्धान्तिक, वैचारिक र राजनीतिक क्षमतामा वृद्धि गर्ने।
वैचारिक रुपले वैकल्पिक र सांगठनिक रुपले मजबुत पार्टी निर्माण गर्ने। जनसरोकारका विषय र जनसमुदायका सुझावहरू संकलन गर्ने। पार्टी, नेता, कार्यकर्ता र जनताविच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने। पार्टी सदस्यहरूको तथ्याङ्क संकलन गर्दै क्षेत्रीय अवस्थाको यथार्थ जानकारी प्राप्त गर्ने।

पार्टीमा उत्पन्न हुने अन्तरविरोधको पहिचान गरी समाधानको पहल गर्ने। पार्टीका विचार र सिद्धान्तलाई आम जनतामाझ लोकप्रिय बनाउने। पार्टी मुद्दा, विचार र सिद्धान्तलाई बहसको विषय बनाउने। पार्टी अनुशासन र विधि प्रणालीको अभ्यास गराउँदै टोल/बुथ समिति गठन गर्ने। पार्टी सरकारमा हुँदा गरेका राम्रा कामहरूको प्रचार प्रसार गर्ने र नराम्रो काम भए जनाउने। पार्टीबाट चोईटिएर गएका स्वार्थी तत्वहरूले फैलाएका भ्रमलाई खारेज गर्दै उत्पीडित समुदायको नेतृत्वमा रहेका पार्टीको वास्तविकता प्रस्तुत गर्ने उदेश्य रहेकाे बताएका छन।

यो अभियानले पार्टीको संगठनात्मक आधारलाई बलियो बनाउने, सैद्धान्तिक रुपमा विकसित गर्ने र आम जनतासँगको सम्बन्धलाई सुमधुर बनाउने लक्ष्य राखेको सिरहा जिल्लाका बिद्यार्थी नेता उमेश साहले जानकारी गराए।।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker