मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
आर्थिकउधघाटनमुख्य-समाचारसमाचारस्थानीय खबर

नेपाल बैंक लिमिटेडका लहान शाखाको एक्स्टेन्सन काउन्टरको उद्घाटन समारोह सम्पन्न

नेपाल बैंक लिमिटेडका लहान शाखाको एक्स्टेन्सन काउन्टरको उद्घाटन समारोह २०८१ सालको भदौ महिनाकाे १३ गते लहान नगरपालिका सभाहलमा सम्पन्न भएको छ।


सितल साह  , भदाै १३ लहान, सिरहा – नेपाल बैंक लिमिटेडका लहान शाखाको एक्स्टेन्सन काउन्टरको उद्घाटन समारोह २०८१ सालको भदौ महिनाकाे १३ गते लहान नगरपालिका सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको समुद्घाटनमा प्रमुख अतिथि मेयर महेश चौधरी,बिशिस्ट अतिथि उपमेयर रामचलितर महतो,ईलाका प्रशासन लहानका प्रमुख  लिलामणि पाैडेल र नेपाल बैंक लिमिटेडका मधेस प्रदेश प्रमुख प्रदीप पाठक लहान शाखाका बैंक म्यानेजर चन्द्रदिप साह,पालिकाका प्रशासकीय अधिकृत जयकान्त झा, र पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता ,महासंघका पुर्ब अध्यक्ष बरिस्ठ पत्रकार दिनेश्वर गुप्ता घरेलु तथा सना उधाेग लहानका प्रमुख दिपेन्द्र यादब लगायका प्रमुख ब्यक्तित्वहरुको उपस्थिति बीच सम्पन्न भएको हो।

समारोहमा प्रमुख अतिथि मेयर महेश चौधरीले बैंकको नयाँ एक्स्टेन्सन काउन्टरले स्थानीय बासिन्दालाई बैंकिङ सेवामा पहुँच सहज बनाउन मद्दत पुग्ने बताएका छन्। उनले पालिकाभित्र रहेको बैंकले नागरिकलाई राजस्व तिर्न, तलब जम्मा गर्न र अन्य बैंकिङ सेवाहरू प्राप्त गर्न सजिलो हुने उल्लेख गरे।

कार्यक्रममा उपमेयर रामचलितर महतोले बैंकको नयाँ शाखाले नगरपालिकामा आर्थिक गतिविधिहरूमा वृद्धि गर्ने र सेवाहरूलाई छिटो र सजिलो बनाउन सहयोग पुर्याउने अपेक्षा व्यक्त गरे। साथै, उनले बैंकले ग्राहकहरूको सुविधा र वित्तीय समावेशनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख प्रदीप पाठकले बैंकको सेवा र कार्यक्षमता बारेमा जानकारी दिंदै, यो एक्स्टेन्सन काउन्टरले स्थानीय व्यापारी वर्गलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने र व्यापारमैत्री वातावरण सिर्जना गर्ने आशा व्यक्त गरे।तर ऋण लिएपछि समयमै तिर्नु पर्छ भन्दै बैंकको पनि कहाँ आफ्नो पैसा हुन्छ र सबै ग्राहक बर्गको पैसा भएकाेले समयमै तिर्नु पर्ने बानि बसाल्नु पर्छ जसले गर्दा अरु ग्राहकलाई पनि समयमै कर्जा उपलब्ध गराउन सजिलाे हुने बताउनु भयाे। उनले बैंकले ग्राहकहरूको सुविधाको लागि विभिन्न सुधारात्मक कदमहरू उठाइरहेको पनि बताए।

पत्रकार महासंघ अध्यक्ष मनोज बनैतले नेपाल बैंक लिमिटेडलाई सबभन्दा पुरानो र जेठो बैंकको रूपमा सम्मान गर्दै यस बैंकले निरन्तर सेवा प्रदान गर्दै आएको र अब पालिकामा बैंकको निकटता ले स्थानीय अर्थतन्त्रलाई फाइदा पुर्याउने बताए। उनले वित्तीय साक्षरता र टर्मिनल प्रोग्राम आयोजना गरी जागरूकता अभियानको आवश्यकताबारे पनि टिप्पणी गर्नुभयो । ग्रामीण भेगका आम जनता, साना उधमि,किसान,बैदेशिक राेजगारमा जानेहरुमा पनि कर्जा लगानि हुनु पर्ने र साे का लागि नगरपालिकाले पनि सिस्टम बनाएर बैकसंग सहकार्य गरि अगाडि बढाउनुपर्ने बताउनु भयाे।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, बैंकका कर्मचारी, पालिकाका कर्मचारी, व्यापारीहरू र पत्रकारहरूको व्यापक उपस्थिति रहेको थियो। यस अवसरमा उपस्थित सबै प्रतिनिधिहरूले बैंकको नयाँ काउन्टरले स्थानीय आर्थिक गतिविधिहरूमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई बैंकिङ सेवामा अझ नजिक बनाउने विश्वास व्यक्त गरे।

समारोहको समापनमा मेयर महेश चौधरी र बैंकका प्रदेश प्रमुख प्रदीप पाठकले संयुक्त रूपमा रिबन काटेर एक्स्टेन्सन काउन्टरको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन पछि, उपस्थित सबैलाई बैंकका नयाँ सेवाहरूको उपयोग र लाभबारे अवगत गराइएको थियो।

नेपाल बैंक लिमिटेडका लहान शाखाको यो नयाँ एक्स्टेन्सन काउन्टरले आगामी दिनहरूमा स्थानीय जनताको वित्तीय सेवा र सुविधा थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker