पत्रकार बिनाेद मण्डललाई सुभकामना संदेश ।।
धनगडिमाई नगरपालिकाकाे भाैगाेलिक सांस्कृतिक परिवेशलाई समेटेर किताब लेखन कार्य गरेका पत्रकार बिनाेद मण्डललाई विभिन्न माध्यमबाट सुभकामना संदेश दिने काम जारी रहेकाे देखिन्छ ।।
शुभकामना सन्देश।
लहान। असार ३०।। सिरहाकाे धनगडिमाई नगरपालिकाकाे १४ वटै वडाका भाैगाेलिक सांस्कृतिक परिवेशलाई समेटेर किताब लेखन कार्य गरेका पत्रकार बिनाेद मण्डललाई विभिन्न माध्यमबाट सुभकामना संदेश दिने काम जारी रहेकाे देखिन्छ ।। विभेद अन्त्य, मानव अधिकारको सम्मान र प्रभावकारी भौगोलिक अधारको निगरानी र स्वतन्त्रताको बुलन्दी आवाजको लागि आवश्यकता छ । यसको निम्ति प्रखर भूमिका निर्वाह गर्दै आएका विनोदकुमार मण्डल अग्रसर देखिन्छ । समाजमा रहेका भौगोलिक विकटता र मानवीय थिचामिचोलाई चिरफार गर्न यो पुस्तक डाइमन्डको रुपमा सार्थक सावित देखिन्छ । नागरिक सशक्तिकरण र समावेशी विकासका लागि राज्यका निकायहरुसँग समन्वय र सहकार्यको आधार तयार भएको महसुस गरिएको छ ।
मधेश प्रदेशको सिरहा जिल्ला अन्तरगत रहेको धनगढीमाई नगरपालिका विकासोन्मुख रहेका छन् । यस पालिकाका विष्णुपुरकट्टी, धनगढी (कान्छी बजार), जिरोमाइल, निम चौक,मजुवा ,मागन , गागन , अमले, मइनि बस्ती , मैना बस्ती, बिचला पानी, दलमें , खुट्टी, महाजनी, पललार, मोती श्री, मडयान , सरे, गडमेंलगायत दूई दर्जन टोलबस्ती दूर–दराजका भौगोलिक यात्राको सन्दर्भलाई यस पुस्तकमा विभिन्न विषय समेटेर फरक–फरक शीर्षकमा नियात्रा झैँ रोचक ढंगमा व्याख्या छ । सामान्य घटनालाई रोचक तरिकाले प्रस्तुत गर्नु लेखकको अर्को खुबी हो ।
अधिकारको लागि समुल जग हलाउँने निडर पत्रकार एवं शिक्षाप्रेमी विनोदकुमार मण्डलको पुस्तकले समाजिक रुपान्तरणसँगै आमुल परिवर्तनको धार तयार होस् । शुभकामना……
सितल कुमार साह
पत्रकार
सम्पादक : लहान टुडे रास्ट्रिय दैनिक पत्रिका लहान -२४