मिति:- २० जेष्ठ २०८३, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अन्तर्राष्ट्रियउधघाटनमहाधिवेशनसमाचारस्थानीय खबर

जसपाको प्रवास सङ्गठनमा पार्टी प्रवेशको लहर।।

जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृ संगठनमा पार्टी प्रवेशको लहर लागेको छ।जस अन्तर्गत नेपाली समाज कतारमा ४३ जना युवाहरु सङ्गठनमा प्रवेश गरेका छन ।

दोहा – जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृ संगठनमा पार्टी प्रवेशको लहर लागेको छ।जस अन्तर्गत नेपाली समाज कतारमा ४३ जना युवाहरु सङ्गठनमा प्रवेश गरेका छन । शनिबार कतारको सनैयामा अवस्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको सङ्गठान प्रवेश कार्यक्रममा ४३ जना युवाहरुले विभिन्न बैचारिक सङ्गठन त्यागेर सामुहिक रुपमा नेपाली समाज कतारमा प्रवेश गरेका हुन।

कतार भ्रमणमा रहनु हुने मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले नव प्रवेशी व्यवसायी मोहम्मद तनबिर रेजा समाजसेवी कलाम खान, चन्द्रबिर यादव, रामबाबु यादव, मेराजुदिनको अगुवाई तथा नेतृत्वमा शकिल अहमद,शेख आरिफ लगायत ४३ जना लाई स्वागत गरेका थिए । सो क्रममा मन्त्री यादवले सही पार्टी चयन गरेकोमा नव प्रवेशीहरुलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा मन्त्री यादवलाई सङ्ग्ठनद्वारा खादा ओढाई सम्मान पत्र हस्तान्तरण गरि सम्मान ब्यक्त गरिएको हो। सस्थाका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम चन्द्रवीर यादवले संचालन गर्नुभएको थियो

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker