मिति:- २० जेष्ठ २०८३, बुधबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सप्तरी प्रहरीद्वारा प्रेस मञ्चका उपमहासचिव वैधनाथ यादव पक्राउ, स्वास्थ्य समस्या आएपछि रिहा

प्रेस मञ्च नेपालका उपमहासचिव, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा एभिन्युज टेलिभिजनका संवाददाता वैधनाथ यादवलाई माघ ९ गते सप्तरी प्रहरीले पक्राउ गरेपछि विभिन्न पक्षबाट गम्भीर ध्यानाकर्षण भएको छ।

सितल साह , माघ १०,सप्तरी – प्रेस मञ्च नेपालका उपमहासचिव, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा एभिन्युज टेलिभिजनका संवाददाता वैधनाथ यादवलाई माघ ९ गते सप्तरी प्रहरीले पक्राउ गरेपछि विभिन्न पक्षबाट गम्भीर ध्यानाकर्षण भएको छ।

वैधनाथ यादव केही समयदेखि बिरामी अवस्थामा रहेको र प्रहरी हिरासतमै रहँदा स्वास्थ्य समस्या गम्भीर भएपछि स्वास्थ्य उपचार गराउन हाजिरी जमानीमा रिहा गरिएको छ। प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोजकुमार यादवले विज्ञप्ति जारी गर्दै रिहा गर्न सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रेस मञ्च नेपालका अध्यक्ष मनोजकुमार यादवले निष्पक्ष अनुसन्धानको माग गर्दै दोषीलाई उन्मुक्ति दिन नहुने र निर्दोषलाई फसाउन नहुने धारणा व्यक्त गरेका छन्। उनले भने, “स्वास्थ्य उपचारपछि वैधनाथ यादव कानुनी प्रक्रियामा सहभागी हुने छन्, तर पछिल्ला दिनमा उनीमाथि षडयन्त्र भइरहेको प्रस्ट छ। सामाजिक सञ्जालमा सार्वजनिक स्टाटस र भिडियोहरुले पनि यो विषयलाई उजागर गरिरहेका छन्।”

विज्ञप्तिमा, यादवमाथि राजनैतिक रुपमा फसाउने प्रयास भइरहेको दाबी गरिएको छ। उनले राज्यका निकायहरुलाई राजनैतिक षडयन्त्रको प्रभावबाट बच्दै निष्पक्ष र सूक्ष्म छानबिन गर्न आग्रह गरेका छन्। साथै, नेपाल पत्रकार महासंघलाई पनि यस विषयमा पहलकदमी लिने अनुरोध गरिएको छ।

कार्यवाहक अध्यक्ष मनोजकुमार यादवले बिरामी अवस्थाका उपमहासचिव वैधनाथ यादवको स्वास्थ्य लाभको कामना गर्दै राज्यको जिम्मेवारीप्रति सचेत रहन अपिल गरेका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker