मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

लाहानका मेयर महेश चौधरी विरुद्ध मुर्दाबाद्को नारा

लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गा अनाधिकृत रुपमा कब्जा गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले सडक आन्दोलन थालेको हो ।

लाहान । सिराहाको लाहान नगरपालिकामा दलित समुदायको आन्दोलनले तिब्रता पाएको छ । लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गा अनाधिकृत रुपमा कब्जा गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले सडक आन्दोलन थालेको हो ।

मोचीको नाममा रहेको जग्गा कब्जा गरि जवरजस्ती फोहोर व्यवस्थापनको लागि भौतिक निर्माण गर्दा मेयर चौधरीविरुद्ध प्रदर्शन हुँदै आएको संघर्ष समितिका संयोजक मनोज पासमानले जानकारी दिए ।

विरोध चलिरहेकै अवस्थामा कात्तिक २३ गते सो जग्गामा दुतीलालका छोराहरुले बनाउँदै गरेको घरलाई लहान नगरपालिका मेयर चौधरीको निर्देशनमा सशस्त्र, जनपथ र नगर प्रहरीको टोलीले आगो लगाइदिएको नेपाली काङ्ग्रेस कै एक दलित नेता राम गणेश दासले बताए ।

आगजनी रोक्न खोज्दा स्थानीय दलित महिलाहरुलाई प्रहरीले कुटपिट समेत गरेको छ । लहान नगरपालिकाविरुद्ध दलित संघर्ष समिति लहानलगायत नागरिक अगुवाहरुले आन्दोलनमा उत्रिएका हुन ।श्राेत समाजिक संजाल

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker