मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधमुख्य-समाचारसमाचारस्थानीय खबर

रिंकु सदाको बलात्कार र हत्या प्रकरणमा न्यायको माग, मानव अधिकार संगठनद्वारा अनुगमन

सिरहाको नवराजपुर गाउँपालिका-०१ भगवतीपुरकी रिंकु सदाको बलात्कारपछि हत्या भएको २४ दिन बितिसक्दा पनि मुख्य आरोपित पक्राउ नपरेको भन्दै नेपाल मानव अधिकार संगठन, सिरहाले घटनास्थलको अनुगमन गरेको छ।

सितल साह , सिरहा , फाल्गुन २० ।। सिरहाको नवराजपुर गाउँपालिका-०१ भगवतीपुरकी रिंकु सदाको बलात्कारपछि हत्या भएको २४ दिन बितिसक्दा पनि मुख्य आरोपित पक्राउ नपरेको भन्दै नेपाल मानव अधिकार संगठन, सिरहाले घटनास्थलको अनुगमन गरेको छ।

संगठनका वरिष्ठ व्यक्ति राजकुमार राउत र जिल्ला कार्यसमिति सदस्य विजय कुमार महतोले पीडित परिवारसँग भेट गरी घटनाबारे प्रत्यक्ष जानकारी लिएका छन्। उनीहरूले संगठनले रिंकु सदालाई न्याय दिलाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

मानव अधिकारकर्मी राउतले प्रहरी प्रशासनको चरम लापरवाहीका कारण दोषी अझै फरार रहेको भन्दै गम्भीर आपत्ति जनाए। उनले संगठनले पीडित परिवारलाई न्याय दिन कानुनी तथा अन्य आवश्यक कदम चाल्ने स्पष्ट पारे।

पीडित परिवारले अपराधीलाई पक्राउ गर्न ढिलाइ हुनु अन्यायपूर्ण रहेको भन्दै न्यायका लागि सरकारसँग अपील गरेका छन्। स्थानीयवासी तथा अधिकारकर्मीहरूले घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

अब प्रहरी प्रशासनको भूमिकाले घटनाको भविष्य निर्धारण गर्नेछ, तर पीडित परिवार र मानव अधिकार संगठन न्यायका लागि संघर्षरत छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker