मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधपत्रपत्रिकामुख्य-समाचारसमाचारस्थानीय खबर

किशोरी रिंकु सदा बलात्कार:मृत्यु प्रकरणका मुख्य आरोपी भारतबाट पक्राउ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रमुख आरोपी रुपेश मण्डललाई भारतबाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

सितल साह , सिरहा, २१ फाल्गुन – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रमुख आरोपी रुपेश मण्डललाई भारतबाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

घटनाको २४ दिनपछि मण्डललाई पक्राउ गर्न सफल भएको प्रहरी स्रोतले जानकारी दिएको छ। माघ २७ गते राति करिब ७ बजे शौच गर्न बाहिर गएकी रिंकु बिहानी ३ बजे घर फर्केकी थिइन्। बिहान परिवारले रोइरहेको देखेपछि सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन्।

यस घटनालाई मिलाउन गाउँमै पञ्चायत बसेर १ लाख ५० हजार रुपैयाँमा टुंगो लगाइएको थियो। तर, माघ ३० गते रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। घटनापछि प्रहरी अनुसन्धानमा जुटेको थियो र अन्ततः प्रमुख आरोपी मण्डललाई पक्राउ गर्न सफल भएको हो। घटनामा संलग्न अन्य दाेषिहरु भने फरार नै रहेकाे छ।

प्रहरीले मण्डललाई सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरी म्याद थप्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker