मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

क्याम्पस प्रमुख द्वारा मनोनयन पत्र नदिइएको भन्दै जे एस मुरारका क्याम्पस मा तालाबन्दी

लहान स्थित जे एस मुरारका बहुमुखि क्याम्पस मा मनोनयन पत्र वितरण नगरेको भन्दै तीन विद्यार्थी संगठनहरूले संयुक्त रूपमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

सितल साह,लहान,सिरहा, २ चैत्र – लहान स्थित जे एस मुरारका बहुमुखि क्याम्पस मा मनोनयन पत्र वितरण नगरेको भन्दै तीन विद्यार्थी संगठनहरूले संयुक्त रूपमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

क्याम्पस प्रमुख सञ्जय चौधरी ले विद्यार्थी संगठनका उम्मेदवारहरूलाई मनोनयन पत्र वितरण नगरेको आरोप लगाउँदै समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल क्रान्तिकारीअनेरास्ववियु एस ले क्याम्पस निर्वाचन कार्यालय तथा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासनमाथि पूर्वाग्रही निर्णय लिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार, क्याम्पस प्रमुखले मनोमानी ढंगले काम गर्दै निष्पक्ष निर्वाचन हुन नदिने प्रयास गरिरहेका छन्।

संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरूले भने, “विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कार्य स्वीकार्य छैन। जबसम्म निष्पक्ष निर्वाचन सुनिश्चित गरिँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ।”

तालाबन्दीका कारण क्याम्पसका नियमित प्रशासनिक कार्य ठप्प भएका छन् भने विद्यार्थीहरू अन्योलमा परेका छन्।

यस विषयमा थप छलफल र समाधानका लागि विद्यार्थी संगठन, क्याम्पस प्रशासन तथा सम्बन्धित निकायहरूबीच वार्ता हुने अपेक्षा गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker