मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनमुख्य-समाचारसमाचारस्थानीय खबर

१८औं बलिदानी दिवसमा शहीदहरूको सम्मानमा कार्यक्रम सिरहामा सम्पन्न हुँदै।।।

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोसहित संघीयता, पहिचान, समावेशीकरण र अधिकार प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूलाई श्रद्धा अर्पण गर्दै सिरहाको लहानमा १८औं बलिदानी दिवसको अवसरमा लहान अवस्थित सहिद पार्कमा सहिदहरुकाे शालिकमा आज बिहान मल्यार्पन गरीएकाे छ।

सितल साह सिरहा, माघ ५ गते –  मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोसहित संघीयता, पहिचान, समावेशीकरण र अधिकार प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूलाई श्रद्धा अर्पण गर्दै सिरहाको लहानमा १८औं बलिदानी दिवसको अवसरमा लहान अवस्थित सहिद पार्कमा सहिदहरुकाे शालिकमा आज बिहान मल्यार्पन गरीएकाे छ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले तथा जसपाका नेतागणहरु द्वारा सिरहा लहानका शहीद रमेश महतोसहित अन्य शहीदहरूको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा अध्यक्ष यादव प्रमुख वक्ताका रूपमा उपस्थित रहनुभएको छ।

कार्यक्रममा विशिष्ट वक्ताका रूपमा जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले सम्बोधन गर्नुहुने जानकारी गराउनु भएकाे छ। साथै, अन्य नेताहरूको सहभागिता र उलेख्य जनसहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको छ

माल्यार्पन कार्यक्रममा सहभागी वक्ताहरूले रमेश महतोको बलिदानले मधेश आन्दोलनलाई नयाँ दिशा दिएको र संघीयता, पहिचान तथा समान अधिकारको अभियानलाई अझ मजबुत बनाएको स्मरण गरेका थिए।

बलिदानी दिवसले शहीदहरूको योगदानको सम्मान गर्दै भविष्यमा समतामूलक समाज निर्माणका लागि निरन्तर संघर्षको प्रेरणा दिने अपेक्षा व्यक्त गरिएको छ।

 

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker