मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

जसपा नेपालका अध्यक्ष मा. उपेन्द्र यादवको प्रमुख आतिथ्यमा काठमाण्डौमा डोटिमको राष्ट्रिय भेला जारी ।

सितल साह ,काठमाण्डौं, असार २८ – दलित, पिछडावर्ग, थारु, आदिवासी जनजाति र अल्पसंख्यक समुदायको साझा छाता संगठन डोटिम परिसंघ (DOTIM Parisangh) को राष्ट्रिय भेला काठमाडौंको कालिकास्थान अमृतभोग पार्टी प्यालेसमा जारी छ। कार्यक्रम परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा सुरु भएको हो भने जसपा नेपालका केन्द्रीय अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिको रूपमा सहभागी छन्।

भेलामा आठवटै प्रदेश र देशभरका जिल्लाबाट क्लष्टर अनुसार नेताहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। काठमाडौं उपत्यकाभित्रका विभिन्न पेशा व्यवसायमा संलग्न दलित, मुस्लिम, थारु, पिछडावर्ग र आदिवासी जनजाति समुदायका प्रतिनिधिहरू कार्यक्रम स्थलमा सक्रिय रूपमा सहभागी भइरहेका छन्।

जसपा नेपालसँग आबद्ध भातृ संगठन, जातीय घटक संघ, शुभेच्छुक संस्था तथा समितिका साथै अन्य स्वतन्त्र सोच राख्ने नागरिक, बुद्धिजीवी, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको छ। भेलाले उत्पीडित समुदायबीच एकता, सहकार्य र साझा मुद्दामा संगठित आवाज उठाउने उद्देश्य बोकेको छ।

भेला हालसम्म उत्साहजनक ढंगले अघि बढिरहेको छ। जसपा अध्यक्ष यादब र कार्यक्रममा संयोजक चन्देश्वर पासवानको उद्घाटन पश्चात विभिन्न वक्ताहरूले उत्पीडित समुदायका अधिकार, समावेशी नीति, सामाजिक न्याय र संघीयता सुदृढीकरणका विषयमा धारणा राखिरहेका छन्।

उक्त भेला मार्फत डोटिमले देशभर फैलिएका उत्पीडित समुदायका प्रतिनिधिहरूलाई एकत्रित गर्दै सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा सशक्तिकरणको अभियानमा नयाँ गति दिने विश्वास गरिएको छ। कार्यक्रम अझै जारी छ। विभिन्न सत्र, छलफल र सांस्कृतिक प्रस्तुतीहरू समेत सञ्चालन हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button