मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकमुख्य-समाचारसमाचारस्थानीय खबर

सिरहामा तस्कर राज : ‘हाकिम’को आदेश विपरीत तस्करीका सामान नियन्त्रणमा लिने असईको सरुवा।।

सिरहाबाट दश लाख बराबरको तस्करीका अवैध सरसामान प्रहरीले नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट शनिबार बिहान साढे ३ बजे नै प्रहरीले सो सामान नियन्त्रणमा लिएको हो ।

सिरहा ।।  सिरहाबाट दश लाख बराबरको तस्करीका अवैध सरसामान प्रहरीले नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट शनिबार बिहान साढे ३ बजे नै प्रहरीले सो सामान नियन्त्रणमा लिएको हो ।

एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा उक्त सामान भारतबाट नेपाल ल्याइँदै थियो । ती मोटरसाइकलमा अन्दाजी १० लाख बराबरको कपडा, जुत्ता, चप्प्ल, औषधि, चुडी, लहठीलगायतका सामान थिए ।

जिल्ला प्रहरी कार्यालय, सिरहाबाट प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो । यद्यपि, यस विषयमा सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले सामान पक्राउ परेको बताएपनि विस्तृत विवरण दिन चाहेनन् ।

तस्करीका यी अवैध सामानहरू भन्सार बुझाउनुपर्नेमा अझै जिल्ला प्रहरी कार्यालय परिसरमै छ । श्रोतका अनुसार, यो कुरा गोप्य राखेर सामान छोड्न लागिएको थियो । तर, सञ्चारकर्मीले थाहा पाएपछि प्रहरीले बुझाउने तयारी गरेको छ । आज शनिबार भएर बुझाउन ढिला भएको डीएसपी सापकोटाले बताए ।

सामान नियन्त्रणमा लिने असईको सरुवा

सामान पक्राउ परेको स्थान भारतीय सीमाभन्दा अन्दाजी २० किलोमिटर पर हो । सीमादेखि नै चोक-चोकमा सुरक्षा निकायका कर्मचारी खटिएका हुन्छन् । तर, यसका बाबजुद यसरी निर्वाध सामान तस्करी भएर आउनुले यसमा मिलेमतोलाई प्रष्ट्याउँछ ।
श्रोतका अनुसार, सो मिलेमतोको कुरा असई यादवलाई थाहा थिएन । तस्करीका सामान नियन्त्रण लिएर लगेपछि उनको आजै सुरुवा गरिएको छ । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय, उदयपुरमा छ । उनी यहाँ काजमा कार्यरत थिए ।

तर, यो सामान पक्राउ गरेपछि सरुवा भएको भन्ने कुरा डीएसपी सापकोटाले इन्कार गरे । उनले भने, ‘त्यस्तो केही पनि होइन, यो नियमित प्रक्रिया हो ।’श्राेत मिथला रत्न ।।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker