मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

अध्यक्ष शिव उदगार यादवद्वारा किशोरी शिक्षा केन्द्रका सहजकर्ताहरुलाई सामग्री हस्तान्तरण

नवराजपुर गाउँपालिका अध्यक्ष श्री शिव उदगार यादव (शिवा) को नेतृत्वमा पालिकाभित्रका किशोरीहरुको शिक्षामा पहुँच सुनिश्चित गर्न एक महत्वपूर्ण कदम उठाइएको छ।

सितल साह , पुस २० ,नवराजपुर , सिरहा ।। नवराजपुर गाउँपालिका अध्यक्ष श्री शिव उदगार यादव (शिवा) को नेतृत्वमा पालिकाभित्रका किशोरीहरुको शिक्षामा पहुँच सुनिश्चित गर्न एक महत्वपूर्ण कदम उठाइएको छ। अध्यक्ष यादवज्यूले ८ वर्षदेखि १५ वर्षसम्मका किशोरीहरुका लागि सञ्चालनमा रहेका ८ वटा किशोरी शिक्षा केन्द्रका सहजकर्ताहरुलाई शैक्षिक सामग्री, खेलकुद सामग्री तथा सम्मान हस्तान्तरण गर्नुभएको छ।

यस पहलले विशेषगरी विद्यालयको पहुँचभन्दा टाढा रहेका किशोरीहरुलाई शैक्षिक अवसर प्रदान गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ। कार्यक्रममा सहभागी सहजकर्ताहरुलाई शिक्षाको गुणस्तर सुधार गर्न प्रोत्साहन दिने उद्देश्यले सम्मानित गरिएको हो।

यस अवसरमा अध्यक्ष यादवले किशोरी शिक्षा केन्द्रहरुको महत्त्वबारे प्रकाश पार्दै शिक्षा नै सामाजिक रूपान्तरणको मूल आधार भएको बताउनुभयो। उहाँले सबै सहजकर्ताहरुलाई आफ्नो भूमिकामा जिम्मेवार भई किशोरीहरुको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन थप लगनशील बन्न आह्वान गर्नुभयो।

कार्यक्रममा पालिकाका अन्य पदाधिकारी, किशोरी शिक्षा केन्द्रका प्रतिनिधिहरु र स्थानिय समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो। यस कार्यले नवराजपुर गा.पा.का किशोरीहरुको शिक्षामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

 

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker