मिति:- १७ कार्तिक २०८२, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहान–१३ मा मेयर महेश चौधरीलाई Gen-Z र स्थानीय युवाले लखेटे

सितल साह लहान, सिरहा ०८२ कार्तिक ०९ । लहान नगरपालिकाका मेयर महेश चौधरी फेरि विवादमा परेका छन्। आइतबार लहान नगरपालिका वडा नम्बर १३ मा साडी वितरण गर्न पुगेका मेयरलाई Gen-Z समूहका युवाहरू र स्थानीय बासिन्दाले “स्टन्टबाजी बन्द गर” भन्दै लखेटेको घटना बाहिर आएको छ। युवाहरूले मेयर चौधरीलाई विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका सवालमा प्रश्न गर्दा उनी जवाफ दिन नसकी साडी वितरण गरीरहेकै कार्यक्रमस्थलबाट हिँड्न बाध्य भएका थिए।

घटनाको भिडियो ‘Gen-Z लहान’ नामक फेसबुक पेजमा सार्वजनिक गरिएको छ, जसमा युवाहरूले बिकास खाेई, खानेपानी खाेई, नालाकाे ढक्कन खाेई, के हामी सधैं हिलोमै हिँड्ने जस्ता प्रश्न गर्दै आक्रोश पोखेको देखिन्छ। भिडियोमा युवाहरूले मेयरलाई जनताको मेयर बन्न आग्रह गर्दै पार्टी र आफ्ना नजिकका समूहका मात्र मेयर बनेर नगर चलाउन नहुने चेतावनी दिएका छन्। उनीहरूले साडी बाँडेर भोट संकलन गर्ने काम बाहेक केही हाेईन भन्दै चेतावनी दिएका छन्— जनता सचेत भइसकेका छन्, नत्र यसरीनै लखेटिनुपर्ने अवस्था आउनेछ।

मेयर चौधरी पछिल्लो समय लगातार विवादमा आइरहेका छन्। दुर्गा पूजामा देवीलाई चढाइएको साडी आफैंले लगेको र हालसम्म नवाडेकाे भन्दै समाजिक संजालमा तीव्र आलोचना भएपछि उनले भोलिपल्टै साडी वितरण सुरु गरेका थिए, तर त्यो साडि बितरण गर्नु पर्ने काम पूजा समितिको हाे न कि जनप्रतिनिधिको । पुजा समितिले साडी वितरण कार्य विजया दशमी सक्ने बितिकै कुनै दलित ,बिपन्न , परीवारहरुलाई बितरण गर्नुपर्ने हाे स्थानीयहरु बताउछन ।
केही दिनअघि लहान–१३ का वडाध्यक्ष मनोज कोइरालाले पनि एक भिडियोमार्फत मेयर चौधरीको मनपरी र एकलौटी ढंगवाट नगरपालिका चलाएकाे भन्दै कडा आपत्ति जनाएका थिए।

स्थानीय युवाहरूले नगरमा भएका समस्या र बेवास्तालाई लिएर पनि असन्तोष व्यक्त गरेका छन्। उनीहरू भन्छन्, नाला खुला छन्, ढक्कन छैन, सडक बिग्रिएका छन्, खानेपानी अभाव छ, तर मेयर प्रचार र फोटोसेसनमै व्यस्त छन्। स्थानीयहरूका अनुसार मेयर चौधरी आफ्नो हरेक सार्वजनिक कार्यक्रममा केही पत्रकारलाई साथ लिएर जाने र आफ्ना गतिविधि निरन्तर भिडियो तथा समाचारमार्फत प्रचार गर्न लगाउने गरेका छन्। यस प्रवृत्तिप्रति पनि व्यापक आलोचना भइरहेको छ।

युवाहरूले चेतावनी दिएका छन् कि अब जनतालाई साडी होइन, सेवा र विकास चाहिएको छ। नगरका समस्या समाधान नगरी प्रचारमा मात्रै रमाउने मेयर चौधरीको शैलीले जनताको विश्वास गुमाउँदै गएको र लहानमा जनआक्रोश बढ्दो क्रममा रहेको देखिएको छ।

एक संचारकर्मिका अनुसार लहान -१३ मा साडि बितरण कार्यमा कुनै अबराेध नभएकाे र स-कुसल सम्पन्न भएकाे बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button