मिति:- ८ श्रावण २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

गोली चलेपछि लहानमा २४३ ग्राम हेरोइनसहित ६ पक्राउ

सितल साह, लहान, सिराहा, ०८३ साउन ८ — सिराहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा २४३ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्। पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्।


लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको विशेष प्रहरी टोलीले भारतबाट नेपालतर्फ खैरो हेरोइन ओसारपसार तथा बिक्री–वितरणमा संलग्न व्यक्तिहरूको सूचनाका आधारमा सीमावर्ती क्षेत्रमा निगरानी बढाएको थियो। सोही क्रममा बिहीबार (२०८३ साउन ७ गते) लहान–३ को अस्पताल चोकमा लागुऔषध कारोबार भइरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेको लागू औषध नियन्त्रण व्युराेले विज्ञप्ति जारि गर्दै सार्वजनिक गरेकाे छन ।


विज्ञप्तिमा उल्लेख भए अनुसार सुरुमा पाँच राउण्ड हवाई फायर गरी चेतावनी दिइएको थियो। चेतावनीलाई बेवास्ता गर्दै आक्रमण जारी राखेपछि आत्मरक्षाका लागि मो. नसिरको बायाँ खुट्टा र भारत, बिहारका २२ वर्षीय बिद्यानन्द यादवको दाहिने खुट्टामा एक–एक राउण्ड गोली प्रहार गरिएको थियो।


गोली लागेर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहानमा भर्ना गरिएको छ। अन्य चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट २४३ ग्राम खैरो हेरोइन, स ३ प ८१८५ र रस ११ प ८०५ नम्बरका दुई वटा मोटरसाइकल तथा ७ थान मोबाइल बरामद गरेको जनाएको छ।


पक्राउ परेका व्यक्तिहरू:
भारत, बिहारका २२ वर्षीय बिद्यानन्द यादव
सप्तरी, रुपनी गाउँपालिका–१ का ४० वर्षीय मो. नसिर
सप्तरी, बोदे बसाइन गाउँपालिका–२ का २८ वर्षीय शम्भु प्रसाद यादव
सप्तरी, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम
सप्तरी, बोदे बसाइन गाउँपालिका–२ का २४ वर्षीय बैधनाथ प्रसाद यादव
सप्तरी, डाक्नेश्वरी नगरपालिका–२ का ३२ वर्षीय मो. इमामुदिन
प्रहरीले यो अपरेसन लागुऔषध नियन्त्रण अभियानअन्तर्गत सञ्चालन गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker