मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
मुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

श्री सु.स.मो.या. बहुमुखी क्याम्पस सिरहामा “संयुक्त विद्यार्थी मोर्चा” द्वारा उम्मेदवारी दर्ता, भारी बहुमतले विजयी गराउन आग्रह

आगामी २०८१ साल चैत ५ गते श्री सु.स.मो.या. बहुमुखी क्याम्पस सिरहामा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गरी समाजवादी विद्यार्थी युनियन नेपाल (जसपा) र अनेरास्ववियु (नेकपा एस) को विद्यार्थी संगठनले संयुक्त पहलमा "संयुक्त विद्यार्थी मोर्चा" गठन गरी उम्मेदवारी दर्ता गराएको छ।

सितल साह , चैत ०१ सिरहा,– आगामी २०८१ साल चैत ५ गते श्री सु.स.मो.या. बहुमुखी क्याम्पस सिरहामा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गरी समाजवादी विद्यार्थी युनियन नेपाल (जसपा) र अनेरास्ववियु (नेकपा एस) को विद्यार्थी संगठनले संयुक्त पहलमा “संयुक्त विद्यार्थी मोर्चा” गठन गरी उम्मेदवारी दर्ता गराएको छ।

संयुक्त विद्यार्थी मोर्चाले क्याम्पसको चौतर्फी विकास, विद्यार्थी हकहितको सुनिश्चितता तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित आफ्नो प्यानल अघि सारेको छ। यस मोर्चाले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्याहरूको दीर्घकालीन समाधान खोज्न कटिबद्ध रहेको जनाएको छ।

यस अवसरमा समाजवादी विद्यार्थी युनियन नेपाल (जसपा) र अनेरास्ववियु (नेकपा एस) का प्रतिनिधिहरूले विद्यार्थी समुदायलाई एकजुट भई “संयुक्त विद्यार्थी मोर्चा” लाई भारी मतले विजयी गराउन आह्वान गरेका छन्। उनीहरूले कुनै भ्रममा नपरी, एकताबद्ध भएर विद्यार्थी हितका लागि सही निर्णय लिन आग्रह गरेका छन्।

आगामी स्ववियु निर्वाचनमा क्याम्पसका प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, व्यापारी, बुद्धिजीवी, मजदुर, किसान तथा आम जनसमुदायलाई पनि समर्थनका लागि आह्वान गर्दै, “संयुक्त विद्यार्थी मोर्चा” ले सुशासन, पारदर्शिता र विद्यार्थी हकहितका लागि आफ्नो नेतृत्व आवश्यक रहेको स्पष्ट पारेको छ।

क्याम्पसमा विद्यार्थी राजनीतिमा देखिएको यो नयाँ सहकार्यले चुनावी माहोललाई रोचक बनाइरहेको छ। अब विद्यार्थी मतदाताले यस मोर्चालाई कत्तिको साथ दिन्छन् भन्ने विषय चैत ५ गतेको मतदानबाट स्पष्ट हुनेछ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker