मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedउधघाटनमुख्य-समाचारसमाचारस्थानीय खबर

१८ औं जनविद्रोह बलिदानी दिवसको विशाल आमसभा सिरहामा सम्पन्न।।

जनता समाजवादी पार्टी नेपाल सिरहा जिल्ला कार्यसमितिको आयोजनामा सिरहाको मरबैता बहुमुखी क्याम्पस प्राङ्गणमा १८ औं जनविद्रोह बलिदानी दिवसको अवसरमा भव्य आमसभा सम्पन्न भएको छ।

सितल साह, सिरहा, माघ ०६ ।। जनता समाजवादी पार्टी नेपाल सिरहा जिल्ला कार्यसमितिको आयोजनामा सिरहाको मरबैता बहुमुखी क्याम्पस प्राङ्गणमा १८ औं जनविद्रोह बलिदानी दिवसको अवसरमा भव्य आमसभा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, प्रथम राष्ट्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव, केन्द्रीय सचिब शुरेस मण्डल , मधेश प्रदेश सांसद राज कुमार गुप्ता लगायत पार्टीका अन्य नेता, कार्यकर्ता र विशाल जनसमुदायको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान निर्वाचन प्रणाली अत्यन्त महँगो भएको र यसले गरिब तथा सामान्य व्यक्तिहरूलाई संसदमा पुग्न असमर्थ बनाएको बताए। उनले संविधान संशोधन गरी सस्तो र सर्वसुलभ निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिँदै गठबन्धन सरकार यो विषयमा गम्भीर नरहेको आरोप लगाए। अध्यक्ष यादवले भने, “बौद्धिक व्यक्तित्व र जनताले विश्वास गरेका नेताहरू संसदमा पुग्न नसक्ने यो प्रणाली परिवर्तनको आवश्यकता छ।”

उनले राज्यले नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र रोजगारीजस्ता आधारभूत अधिकार दिन कञ्जुस्याई गरेको उल्लेख गर्दै गठबन्धन सरकारले मधेश क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए। उनले बलिदानी दिवसलाई केवल वार्षिकीका रूपमा नभई सहिदहरूले देखाएको मुक्तिका मार्गबाट प्रेरणा लिने दिनका रूपमा मनाउनुपर्ने बताए।

कार्यक्रममा सम्बोधन गर्दै जनता समाजवादी पार्टीका प्रथम राष्ट्रिय उपाध्यक्ष राजकिशोर यादवले सरकार सही बाटोमा नहिँडेको र जनअपेक्षा सम्बोधन गर्न असफल भएको बताए। उनले संविधान संशोधनको प्रतिबद्धताबाट पछि हट्ने र सुशासनका सवालमा कमजोर देखिएको सरकारप्रति कडा आलोचना गरे।

यसैगरी, मधेश प्रदेशका सांसद राजकुमार गुप्ताले मधेश प्रदेश सरकारले ७ वर्षमा उल्लेख्य काम गरेपनि जनमत पार्टीको सरकारले ७ महिनामा कुनै ठोस उपलब्धि नगरेको आरोप लगाए। उनले जनमत सरकारलाई निकम्मा सरकारको संज्ञा दिँदै मधेशको समग्र विकासमा असफल भएको बताए।

कार्यक्रममा सहिदहरूको बलिदानलाई स्मरण गर्दै सहभागीहरूले अधिकार र समानताको लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। आमसभाले संविधान संशोधन, जनहितकारी शासन प्रणाली र नागरिक अधिकारको सुनिश्चितताका लागि सशक्त आन्दोलनको आह्वान गर्दै बलिदानी दिवसको समापन गर्यो।

 

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker