मेयर महताेकाे अभिव्यक्ति बिरुद्ध महासंघकाे प्रेस विज्ञप्ति।।
सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो पछिल्लो समय क्रूर र तानाशाही बन्दै गएपछि स्थानिय विकासहरु प्रभावित मात्र नभएर ठप्पको अवस्थामा पुगेको छ ।
सिरहा धनगडिमाई , भदौ ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो पछिल्लो समय क्रूर र तानाशाही बन्दै गएपछि स्थानिय विकासहरु प्रभावित मात्र नभएर ठप्पको अवस्थामा पुगेको छ ।
कसैलाई पनि सल्लाह नगरी नगरसभाको आयोजना गरेर अनावस्यक नियम सभाहलमा उपस्थित आम जनप्रतिनिधि लगायतमाथि लगायर नगरसभाको सञ्चालन गर्न थालेपछि सभालाई सहभागी वाडा अध्यक्षहरुले बिथोलेका थिए ।
हालसम्म नगरसभाको आयोजना गर्न नसकेका मेयर शिवशंकर महतोको विकास कार्यलाई पत्रकारहरुले प्रकासन गर्दा मेयर महतोले पटक पटक सानो क्यामेराबाला मिडियाहरु समेत भन्दै आएका छन् ।
नगरको प्रमुख पदमा रहेका महतोले सामान्य नागरीकको कुनै कुरा सुन्न तयार छैन साथै उनले पार्टी केन्द्रित र जाती केन्द्रित भएर आफ्ना कार्यहरु अगाडि बढाउँदै आएका छन् ।
केही दिन अगाडि नेपाल पत्रकार महासंघ सिराहाका सदस्य तथा सञ्चारकर्मी मुकेश यादव(स्वामी)लाई समाचारको बिषयलाई लिएर महतोले धम्कीपूर्ण गालीगलौज गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
‘२३ श्रावण २०८१ मा suprim खबर oneline मा प्रकाशित समाचारको बिषयलाइ लिएर नगर प्रमुख महतोले तुरुन्त समाचार डिलेट गर । तँ दुई कौडीको पत्रकार ,समाचारको तथ्य प्रमाणित गर्न नसके जे पनि हुन्छ सक्छ जस्ता धम्किपूर्ण शब्द प्रयोग गर्दै पत्रकार यादवलाई मानसिक पीडा दिई समाचार हटाउन दवाव दिएको अवस्थाको फोन रेकड सुरक्षित रहेको छ ।
समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुदाँ हुदै पत्रकारमाथि जाई लाग्ने घटना महासंघलाई किमार्थ स्वीकार्य नभएको नेपाल पत्रकार महासंघ सिराहा शाखाले जनाएको छ ।
नगरको कृषि विकास अन्तर्गत विभिन्न जोनहरु सञ्चालन भइरहेको अवस्थामा मेयर महतोको निर्देशनमा वडा नं ९ लाई हटाइएको अवस्थामा स्थानियको संघर्ष पछि उक्त सूचीकरण जारीको अवस्थामा छ ।
मेयरले संचालनमा ल्याएको महेन्द्र गेनाई हस्पिटलका उपकरणहरु कुन अवस्थामा रहेको छ । उनलाई सार्वजनिकको माग स्थानिय जनताले गर्दै आएको छ ।
नगरको कमीकमजोरी लेख्दै गर्दा मेयरले धम्की दिनु कतिसम्मको जायज हो ? यस्तै रवैया हों भने नगरमा आन्दोलनको धेरै रूपरेखा नकोरीएला भन्न सकिन्न ।
स्थानिय विकाशको लागि मेयर महतोले स्थानिय वाडा अध्यक्षहरुको सल्लाह अनुसार अगाडि बढ्न जरुरी छ ।