मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधआर्थिकशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

रा.उ.मुरारका स्मारक अस्पताल लहानमा बह्मलुट।।

राउ स्मारक प्रादेशिक अस्पताल लहानमा घुसखोरीदेखि विरामीलाई सास्तीको अखडा बनाएको छ

लहान, १५ जेठ । राउ स्मारक प्रादेशिक अस्पताल लहानमा घुसखोरीदेखि विरामीलाई सास्तीको अखडा बनाएको छ । नातावाद कृपावाद र जातीवादको कलंक नै रहेको अस्पतालका मेसु सुनिल कुशवाहा विरामीको उपचार व्यावस्थापन गर्ने बेला गोलबजार पुग्ने गरेका छन् । गोलबजारमा क्लिनिक खोलेर अवैद्य असुलीको धन्दा चलाइरहेका मेसु कुशवाहाले अस्पतालमा कर्मचारी नियुक्तिको लागि घुस लिने गरेको खुलासा भएको छ ।

नियुक्ति मिलाउन मधेश प्रदेशको सम्बन्धीत मन्त्रालयमा समेत आर्थिक लेनदेनको क्रियाकलाप गर्दै आएको छ। सोही अन्तरगत स्टाफ नर्स, रेडियो ग्राफर, अनमी र अहेवको परीक्षाको नजितामा घुसकोतयारी गरेको छ । ‘परीक्षाको नतिजा स्वच्छ र योग्यसार होस् भन्दै माग गरेको थियाे। विरामीको लागि खाना खाजा, औषधीमा समेत मेसु कुशवाहाले कमिशन लिने गरेको छ भने खानाखाजामा व्यापक अनियमिता गर्दै आएको स्रोतको दाबी छ ।

उता, मेसु कुशवाहाले मिटरव्याजीको रुपमा पनि चर्चित रहेका छन् । एक जनाकोमिटरव्याजको आधारमा श्रीमतिमार्फत कारोबार गरिएको उल्लेख छ ।

करोडौको जग्गा कब्जा गरेको छ भने आवश्यक नियमबमोजिम रकम फिर्ता गर्दा समेत जग्गा फिर्ता नगरेको एक भिडियोमा सार्वजनिक गरिएको छ। सो भिडियोमा मेसु कुशवाहाका श्रीमती मार्फत काराेबार गरीेएकाे उल्लेख छ।श्राेत नवसंग्राम दैनिक।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker