मिति:- ८ पुष २०८१, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
अपराधआर्थिकसमाचारस्थानीय खबर

लहान २४ काे वडा कार्यालयमा चोरी,अनुसंधान जारी ।।।

सिरहाको लहान नगरपालिकाको एक वडा कार्यालयमा चोरी भएको छ ।

सितल साह लहान , वैशाख ३१ । सिरहाको लहान नगरपालिकाको एक वडा कार्यालयमा चोरी भएको छ ।

लहान नगरपालिकाको उत्तर पछिंम क्षेत्र स्थित ग्रामीणमा रहेको लहान न.पा. वडा-२४ का वडा कार्यालयमा गए राती चोरी भएको छ ।

पूर्व पश्चिम राजमार्गभन्दा करिब करिब ७ किलोमीटर उत्तर लहानको ग्रामीण क्षेत्रमा रहेको वडा कार्यालयमा राष्ट्रिय परिचय पत्रको लागि आएका टोलीको महत्त्वपूर्ण डकुमेन्ट सहितको ल्याप्टप ,चार्जर ,क्यामेरा लगायतका अति महत्त्वपूर्ण सर समानहरु करीब ४ लाख बराबरकाे चाेरी भएका हुन् ।

चाेरी गरीएकाे समानहरु:
क्यानोन क्यामरा-२ थान
एच पि ल्यापटप – २ थान
क्यामरा स्टेन -२ थान
कनेक्सन बोर्ड -१ थान
सि.सि.टिभि क्यामरा -१ थान लगायत का समान चाेरी भएकाे छ।

वडा कार्यालयमा भएको चोरी सम्बन्धमा प्रहरीद्वारा अनुसंधान जारी गरेको बुझिएको छ भने अनुसंधानका लागि सिसिटिभि डिभिआर डिभाईस लगिएकाे प्रहरीले जानकारी गराउनु भएकाे छ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker