कान्तिपुरकर्मी आजादमाथि आक्रमणको योजनामा संलग्न तस्करका नाइके सई राई प्रदेश तानिए, चहार्दैछन् शक्तिकेन्द्र
सिरहामा तस्करका हितैसी भनेर बद्नाम नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अमित राई प्रदेश तानिएका छन् । वडा प्रहरी कार्यालय सिरहाको प्रमुखका रूपमा कार्यरत राईलाई सोमबार मधेश प्रदेश प्रहरीले कार्यालयले तानेको हो ।
सिरहा । सिरहामा तस्करका हितैसी भनेर बद्नाम नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अमित राई प्रदेश तानिएका छन् । वडा प्रहरी कार्यालय सिरहाको प्रमुखका रूपमा कार्यरत राईलाई सोमबार मधेश प्रदेश प्रहरीले कार्यालयले तानेको हो ।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले उनलाई पठाइदिन प्रदेश प्रहरीले पत्र पठाएको जानकारी दिए । प्रदेशले बोलाएपनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म जिम्मेवारीबाट उनलाई मुक्त भने गरिनसकेको उनले बताए ।
सिरहास्थित शारदा डिस्टिलरीले गर्दै आएको राजस्व छली र राजस्व छलीका उक्त अवैध मदिरा भारत तस्करी हुँदै आएको विषय पर्दाफास गरेका कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजादमाथि आक्रमण गर्ने योजना गत चैत ८ गते सिरहास्थित एक डेरीमा बसेर तस्करहरूले सई राईकै रोहबरमा बनाएका थिए ।
यसको नेपाल पत्रकार महासंघको जिल्लादेखि केन्द्रसम्मको कार्यसमितिले भत्र्सना गर्दै संलग्नलाई कारवाहीको माग गरेको थियो । यो विषय संसदमा पनि उठेको थियो ।
सिरहामा आफूलाई डीआईजीको घुमुवा भनेर तस्करी धन्दाको नेतृत्व गरिरहेका राई अहिले प्रदेश तानिएपछि अन्यत्र सरुवा तथा कारवाही रोक्न शक्तिकेन्द्र चहार्न थालेका छन् ।