विकासका मूर्धन्य ब्यक्तित्व अमित ठकुरी ।।।
भाैगोलिक रूपले विकट मानिएको धनगढीमाई वाडा नम्बर १४ मा विकासका पारखीको रूपमा परिचित वाडा अध्यक्ष अमित ठकुरीको विकास यात्राले आम जनताको वर्षौंको ईच्छालाई पूरा गरेको छ ।
विनोद मण्डल, मंसिर १८ ।भाैगोलिक रूपले विकट मानिएको धनगढीमाई वाडा नम्बर १४ मा विकासका पारखीको रूपमा परिचित वाडा अध्यक्ष अमित ठकुरीको विकास यात्राले आम जनताको वर्षौंको ईच्छालाई पूरा गरेको छ ।
वाडा अध्यक्ष पदमा आसिन हुनु आगाडी समग्र वाडा नम्बर १४ को विकासप्रति चिंतित भएर कोरोना कहरमा आम जनताको घर घरमा राहत सामग्री लिएर पुग्ने गरेका वाडा अध्यक्ष अमित ठकुरीको विकास यात्राले वाडा नम्बर १४ यतिबेला तातिएको छ ।
कुरा भन्दा विकास गरेर देखाउने व्यक्तित्वको रूपमा परिचित वाडा अध्यक्ष अमित ठकुरीको विकास अन्तर्गत सलहेस डाँडामा बाटो खोल्नेदेखि जग्गा धनी प्रमाण पत्र,आम जनताको घर आँगनमा नागरिकता प्रमाण पत्र प्राप्तिको विषयले व्यापक चर्चा पाएको छ ।
उनि आम जनताको हात हातमा मोबाइल नेटवर्क, बाटो घाटो , वडामा नेपाली नागरिकता प्रमाण पत्र, नवनिर्मित वाडा कार्यालय भवनको फास्ट ट्र्याकबाट निर्माण गराएर व्यापक चर्चाका पात्र बनेका हुन् ।
आम जनताको समस्यालाई नजिकबाट बुझेर टोलबस्तिका सबैलाई वाडा कार्यालयमा आफैले बोलाएर जिल्ला प्रशासन कार्यालय सिराहा र ईलाका प्रशासन कार्यालय लहानका संयुक्त टोलीद्वारा नागरिकता प्रमाण पत्रको बातावरण वाडा कार्यालय परिसरमा मिलाएर एकातीर उदाहरणीय काम गरेका छन भने उक्त कार्य सम्पन्न भए संगै वाडा कार्यालय नव निर्मित भवनको छत ढलानको कार्य सम्पन्न गरेर विकासको पर्खाइमा वर्षौंदेखि रहेका आम जनताको ईच्छालाई पूरा गरेका छन ।
उनले स्थानिय जनताको हातमा जग्गा धनी प्रमाण पत्र वितरण गराउनका लागि अन्तिम तयारीमा एकातिर रहेको देखिन्छ भने यस वडामा यस अघि कसैले पनि गराउन नसकेका कामहरु गराएर विकासका मूर्धन्य ब्यक्तित्वको रूपमा उनी परिचित बनिरहेका छन ।