मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
महाधिवेशनसमाचारस्थानीय खबर

लहान १३ मा जसपाकाे शुभकामना आदानप्रदान तथा वडा कमिटि पुनर्गठन सम्पन्न ।

लहान १३ मा दिपावलि,छठ,समाचकेवा सहितकाे शुभकामना आदानप्रदान तथा वडा एकाई कमिटि पुनर्गठन कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकाे छन।

सितल साह , कार्तिक २२ गते, लहान ।।लहान १३ मा दिपावलि,छठ,समाचकेवा सहितकाे शुभकामना आदानप्रदान तथा वडा एकाई कमिटि पुनर्गठन कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकाे छन।

कार्यक्रममा एकआपसमा शुभकामना आदानप्रदान ब्यक्त गर्दै मन्तब्य राखेका थिए।मधेशका जनताकाे अबाज सदैव जसपा पार्टीले उठाएकाेले आज विश्व ईतिहासमा मधेश प्रदेश नामाकरण गरि चिनाउन सफल एक मात्र पार्टी जसपा नै हाे भन्दै अझै आफुहरु संघर्षमै रहेकाेले सबैसंग हातेमालो गरि पार्टीमा आवद्ध भई अगाडि बढनु पर्ने धारणा उपस्थित नेताहरुले राख्नु भएकाे थियाे।

केन्द्रिय सर्कुलर अनुसार आयोजना भएकाे साे कार्यक्रमको अध्यक्षतामा वडा समिति अध्यक्ष किसुन यादब,प्रमुख अतिथि मधेश प्रदेश संसद ललिता दास,बिशिस्ट अतिथि जसपा संघिय परीषद सदस्य राम नरायण महताे,भाेगेन्द्र पासमान,प्रदेश संघिय सदस्य ई.बैजनाथ साह,सिरहा जिल्ल समन्वय समिति प्रमुख दिनेश महताे,लहान न.पा.का उपमेयर राम चलितर महताे,लहान २४ का वडा अध्यक्ष रासलाल राय लगायत स्थानीय नेताहरुकाे उल्लेखनीय उपस्तिथि रहेकाे थियाे।

उक्त कार्यक्रम तथा भेलाबाट वडा समिति गठन भएकाे छ।पुरानालाई बिघटन गरि १९ सदस्य नयाँ वडा एकाई समिति निर्माण गरीएकाे छ। अध्यक्षमा सिकेन्द्र महताे ,उपाध्यक्षमा श्याम लाल मोची ,काेषाध्यक्षमा गिता मंडल,सचिवमा देबेन्द्र प्रसाद महतो ,सह सचिबमा धनेश्वर यादव लगायत १४ जना सदस्य रहेकाे छ।

 

कार्यक्रममा उपस्तिथि नेताहरू द्वारा सम्पुर्ण नयाँ समितिलाई फुलमाला अबिर लगाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएकाे थिए। कार्यक्रमकाे उदघाेषक साेहि वडाका प्रत्याशि उमेदवार शुभकलाल यादबले गर्नु भएकाे थियाे भन्ने किसुन यादबले समापन गर्नु भएकाे थियाे।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker