मिति:- ८ पुष २०८१, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
समाचारस्थानीय खबर

नैनपुर सडकखण्डप्रति मेयर/ उपमेयरकाे ध्यानाकर्षण आवत जावतमा सहजता ।।।

सिराहा जिल्लाको धनगढीमाई नैंनपुर सडकखण्ड प्रति नगरको ध्यानाकर्षण भए पछि आवत जावतमा सहजता भएको छ ।

सितल साह, असाेज २१ । सिराहा जिल्लाको धनगढीमाई नैंनपुर सडकखण्ड प्रति नगरको ध्यानाकर्षण भए पछि आवत जावतमा सहजता भएको छ ।

पूर्व पश्चिम राजमार्गको स्थानिय आप चोक देखि उत्तर सर्रे खोला समिपका बस्तीहरूमा जानको लागि बनाईएको सडकको बेहालको विषयमा लेखिएको सामाचार प्रकाशन भएको एक घण्टा नबित्दै निकायको ध्यानाकर्षण भएको भनी फोन नार्फत बताइएको थियो ,

स्थानिय धनगढी बजार भएर राष्ट्रका विभिन्न ठाउँहरूमा आवात जावतका लागि बनाइएको सडकको मध्य भागमा पानी जमेर आवत जावत प्रभावित भएको अवस्थामा लेखिएको सामाचार प्रकाशन प्रति तत्काल नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण भएर पानी जमेर पोखरी भएको ठाउँमा ग्रावेल माटो हालिए पछि आवत जावतमा सहजता भएको छ ।

प्रकाशित समाचारलाई सकारात्मक रूपमा बुझेका नगर प्रमुख शिवशंकर महतो र उप प्रमुख संगिता कुमारी चौधरीलाई यतिबेला सडक एरियाका सबैले धन्यबाद ज्ञापन गर्दै विकासप्रति अगाडि बढ्नका लागि आग्रह समेत गरेका छन् ।

स्थानिय सडकको दायाँ बायाँ स्थानियले मिचेर सडकलाई सागुरो गरी पानी निकास बन्द गरेपछि सडकमा पानी जम्दै आएको अवस्था रहेको थियो ।

धनगढीमाईको मुख्य सडकको रूपमा रहेको यस सडक भएर स्थानिय विद्यालयहरूमा अध्ययन गर्नका लागि जाने विद्यार्थीहरुलाई समेत समस्या उत्पन्न भइरहेको अवस्थामा सडकमा हालिएको ग्रावेल माटोले आवत जावतमा सहजता भएको छ ।

सकारात्मक रूपमा प्रस्तुत भएको नगरको यस कार्यले सबैतिर सकारात्मक सन्देश पुगेको आभाष गरिएको छ यद्यपि नगरका विभिन्न ठाउँहरूमा बाटोको सुधार हुन भने बाकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker