हिमालय सुगर मिलद्वारा उखु किसान राम प्रकश हमताे सम्मानित ।।।
सिरहाको नरहा गाउँपालिका स्थित पानवारीमा रहेको हिमालय सुगर मिलले जिल्ला भरीका उखु किसानहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेका छन ।
सितल साह , मंसिर २७ । सिरहाको नरहा गाउँपालिका स्थित पानवारीमा रहेको हिमालय सुगर मिलले जिल्ला भरीका उखु किसानहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेका छन ।
मिलका जि एम अबधकिसोर यादवको अध्यक्ष्तामा शुरु भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख लगाएत करीब ३०० किसानहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहभागि किसानहरूले उठाएका उखु सँग सम्बन्धित करिब १२ ओटा मागहरुको सम्बोधन गर्दै नेपालमा संचालित सुगर मिलहरु मध्ये हिमालय सुगर मिल हरेक क्षेत्र बाट पहिलाे स्थानमा रहन सफल भएकाे बताउनु भयो ।
मिलले उपस्थित किसानहरू मध्ये कार्तिक खेती , माघरा खेती र खुट्टी खेती गर्दै आएका किसानहरुलाई मूल्यांकन गर्दै प्रसंशा पत्र र जाडोको लागि बल्याङकेट उपहार दिँदै उच्च सम्मान गरेका छन ।
कार्यक्रममा मिललाई सबभन्दा बढि उखु किसानबाट उपलब्द गराउने किसान रामप्रकाश महताेलाई मिलले विशेष सम्मान गरेका छन ।