मुख्य-समाचारसमाचारस्थानीय खबर
सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति कुन दललई कति सिट
सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ ।
काठमाडौं , सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ ।
बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो । सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक र सप्तरी २ पाउने सहमति भएको छ ।
जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ । यसैगरी राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ ।