सडक सफाईमा वडा सदस्य पासमानकाे सक्रियता
हिन्दुहरुकाे महान चाडपर्व दशै तिहार र डेङ्गु फिभरकाे संक्रमण लाई मध्यनजर गर्दै वडा सदस्य भाेगेन्द्र पासमानकाे सकृयतामा लहान २४ गाेबिन्द्पुरकाे मुल सडक सडक तथा शाखा सडकहरुमा पेटिमा भएकााे वनमार घारि र घास पातहरु सफाई कार्यलाई तिब्रता दिएका छन।
सितल साह , असाेज ६ लहान । हिन्दुहरुकाे महान चाडपर्व दशै तिहार र डेङ्गु फिभरकाे संक्रमण लाई मध्यनजर गर्दै वडा सदस्य भाेगेन्द्र पासमानकाे सकृयतामा लहान २४ गाेबिन्द्पुरकाे मुल सडक तथा शाखा सडकहरुकाे पेटिमा भएकाे वनमार घारि र घास पात जस्ता फाेहाेरहरु सफाई कार्यलाई तिब्रता दिएका छन।
वडा अध्यक्ष रासलाल राय र पक्की टाेल अस्थाथाइ पोस्ट प्रहरीकाे समन्वयमा साे सफाई कार्यलाई तिब्रता दिदै गाेबिन्द्पुरको साबिक वडा १ देखि ९ सम्मै गरिने कुरा वडा सदस्य पासमानले जानकारि दिनुभयाे। देशमा डेङ्गु फिबर महामारिकाे रुप लिईरहेकाे अवस्थामा लामखुट्टेकाे टाेकाईबाट बच्ने उपायमा पनि अहम भुमिका घासपात र फाेहरमैला सरसफाई रहेकाेले यस्लाइ सफाई गर्नु पर्ने अवस्यक रहेकाे वताउनु भयाे।
नव निर्बचित वडा पदाधिकारि द्वारा भईरहेकाे याे सराहनिय कामलाई देखेर वडाबासिहरुले याे सर सफाई कार्य बिगत ५ बर्षमा पहिलाे चाेटि हाम्रो वडामा भएकाे भन्ने कुरा गांउका एक युवकले बताउनु भयाे।साथै याे कार्यलाई निरन्तरता दिन पनि वहाँले आग्रह गर्नु भयो ।