मिति:- २८ कार्तिक २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

भिमसेन आदर्श आ.वी मा लोकज्योति उत्थान केन्द्र द्वारा अनुगमन।

सितल साह, उदयपुर, १५ असाेज २०८३ । लोकज्योति उत्थान केन्द्र “विद्यालय स्वास्थ्य कार्यक्रम” अन्तर्गत OUS Project Area ले चौदण्डीगढी नगरपालिका–१०, देवधारस्थित श्री भिमसेन आदर्श आधारभूत विद्यालयको समग्र अनुगमन तथा कक्षागत अवलोकन गरेको छ।


केन्द्रका सहायक प्रमुख प्रशासकीय अधिकृत सम्झना सिटौला र OUS Project Area का अनुगमन सहायक अधिकृत यदुनाथ ढुंगानाले विद्यालयमा पुगेर विद्यालयको समग्र शैक्षिक अवस्था, विद्यार्थीको नियमित उपस्थिति तथा शिक्षण–सिकाइको अवस्थाबारे अनुगमन गर्नुभएको हो।


अनुगमनका क्रममा टोलीले विभिन्न कक्षामा पुगेर कक्षागत अवलोकन समेत गरेको थियो। कक्षामा शिक्षकले अपनाइरहेको शिक्षण विधि, विद्यार्थीको सहभागिता, पढाइप्रतिको रुचि तथा कक्षाको समग्र वातावरणबारे प्रत्यक्ष अवलोकन गरिएको थियो


त्यसैगरी, लोकज्योति उत्थान केन्द्रबाट विद्यालयलाई उपलब्ध गराइएका शैक्षिक सामग्री विद्यार्थी तथा शिक्षकले प्रभावकारी रूपमा प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने विषयमा विद्यार्थीहरूसँग प्रत्यक्ष सोधपुछ गरिएको थियो। विद्यार्थीहरूले सामग्रीको प्रयोग कसरी गरिरहेका छन्, त्यसबाट अध्ययनमा कस्तो सहयोग पुगेको छ भन्नेबारे समेत जानकारी लिइएको थियो।


अनुगमन टोलीले विद्यार्थीहरू नियमित रूपमा विद्यालय आउने गरेका छन् कि छैनन्, विद्यालयमा उनीहरूको उपस्थिति कस्तो छ तथा अध्ययनमा देखिएका समस्या के–कस्ता छन् भन्ने विषयमा पनि विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेको थियो।


यसै क्रममा विद्यालयका शिक्षकहरूसँग पनि शिक्षण–सिकाइको अवस्था, विद्यार्थीको नियमितता, कक्षामा देखिने समस्या, शैक्षिक सामग्रीको प्रयोग तथा विद्यार्थीको सिकाइ उपलब्धि लगायतका विषयमा छलफल गरिएको थियो।


अनुगमन टोलीले  केन्द्र द्वारा विद्यालयमा उपलब्ध गराइएका शैक्षिक सामग्रीको उचित प्रयोग गर्दै विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन तथा विद्यार्थीको नियमित उपस्थितिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको थियो।


लोकज्योति उत्थान केन्द्रको “विद्यालय स्वास्थ्य कार्यक्रम” अन्तर्गत विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको नियमितता, शिक्षण–सिकाइमा सहजीकरण तथा आवश्यक शैक्षिक सामग्रीको पहुँचमार्फत विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले यस्ता अनुगमन तथा कक्षागत अवलोकन गरिँदै आएको केन्द्रले जनाएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker