मिति:- १९ कार्तिक २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सगरमाथा चौधरी आँखा अस्पतालमा बिरामीको पीडा — “सरभर डाउन” भन्दै फर्काइए स्वास्थ्य बीमाका बिरामीहरु

सितल साह , लहान,सिरहा,०८२ कार्तिक १८ ।। सगरमाथा चौधरी आँखा अस्पताल लहानमा स्वास्थ्य बीमा भएका बिरामीहरूले असहज अवस्था र ठूलो सास्ती खेप्नु परेको छ। अस्पतालको नगद काउन्टर नं. १२० मा कार्यरत कर्मचारी प्रकाश श्रेष्ठको मनोमानीका कारण बिरामीहरू घण्टौँ लाइनमा बसेर पनि उपचार विना नै घर फर्किन बाध्य भएका छन्। दिउँसो १ बजेसम्म बिल काट्ने समय तोकिएको भए पनि सो कर्मचारीले १० मिनेट अगावै काउन्टर बन्द गरी बिरामीहरूलाई “अब बिल काट्दैन, ३ बजे आउनुस” भन्दै फर्काएका थिए। लामो समय कुर्दा कुर्दा जब बिरामीहरू ३ बजे पुनः लाइनमा लागे, त्यतिबेला स्वास्थ्य बीमाको सर्भर चलेको छैन भन्दै एक कर्मचारीले “आज हुदैन, भोलि आउनुस” भन्ने जवाफ दिएका थिए।

यसरी दिनभर अस्पतालको लाइनमा बसेर उपचार नपाएका बिरामीहरू निराश हुँदै घर फर्कन बाध्य भएका छन्। स्वास्थ्य बीमामार्फत उपचार लिन आएका बिरामीहरू झनै सास्तीमा परेका छन्। सरभर डाउन, समय बित्यो, नगदमा काट्नुस, बीमाबाट आज हुदैन, अर्को पुर्जा बनाउनु जस्ता बहानामा बिरामीहरूलाई घण्टौँसम्म अलमल्याइँदै आएको छ। कुरुवाहरूले प्रश्न गरेका छन्, “यदि यति समस्या हुने हो भने किन बीमा लागू गरिएको हो?” स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो लापरबाही निन्दनीय भएको उनीहरूको भनाइ छ।

अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजना भारतका सीमावर्ती क्षेत्रबाट आउने भएकाले कोही पनि बोल्न नसक्दा कर्मचारीहरूले मनोमानी गर्न अझ सजिलो भएको देखिन्छ। बिरामीहरूले गुनासो गर्दै भनेका छन्, “घण्टौँ लाइनमा बसेर पनि अन्तमा ‘बन्द भयो, ३ बजे आउनुस’ भनेर फर्काइन्छ, यो जनतामाथिको अन्याय हो।” यसरी ख्यातिप्राप्त अस्पतालमा हुने यस्तो व्यवहारले बिरामीहरूको विश्वास घट्दै गएको छ।

यसअघि पनि सोही अस्पतालमा महिला कर्मचारीमाथि श्रम शोषण र मानसिक यातना जस्ता घटनाहरू सार्वजनिक भइसकेका थिए, तर प्रशासनले ठोस कदम नचालेको कारण अहिले फेरि पनि त्यस्तै समस्या देखिएको छ। बिरामीहरूले माग गरेका छन् कि अस्पताल प्रशासनले तुरुन्तै सुधारात्मक कदम चालोस् र बीमा भएका बिरामीका लागि सहज सेवा सुनिश्चित गरियोस्।

नेपाल सरकारले सर्वसाधारणलाई राहत दिने उद्देश्यका साथ लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले अस्पतालको कमजोर व्यवस्थापन र लापरवाहीका कारण बिरामीका लागि झन्झटिलो बन्दै गएको छ। बिरामीहरू बिहान सबेरैदेखि लामबद्ध भएर ल्यावका बिल काट्न पर्खिरहेका हुन्छन् तर इन्टरनेट ढिलो र सर्भर डाउनका कारण ३–४ घण्टा कुर्दा पनि विल काटन नपाएर भोलि आउनुस भन्ने जवाफ सुनेर घर फर्किन बाध्य हुने अवस्था आएको छ। यस्तो लापरबाहीले स्वास्थ्य बीमाप्रतिको जनविश्वास नै कमजोर बन्दै गएको छ।

स्वास्थ्य क्षेत्र जनजीवनसँग प्रत्यक्ष सम्बन्धित संवेदनशील क्षेत्र हो। तर सगरमाथा चौधरी आँखा अस्पतालमा देखिएको यस्तो मनोमानी र प्रशासनिक कमजोरीले बिरामीमाथि अन्याय मात्र गरेको छैन, अस्पतालको साख र विश्वास दुबै घटाएको छ। सरोकारवाला निकायले तत्काल ध्यान दिई यस्तो समस्या दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने माग सर्वत्र उठिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button