मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
उधघाटनमुख्य-समाचारसमाचारस्थानीय खबर

जसपा नेपालद्वारा सिरहामा समाजवादी मुस्लिम संघको जिल्ला समिति गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा सञ्चालित "जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान" अन्तर्गत समाजवादी मुस्लिम संघ सिरहाको जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ।

सितल साह ,सिरहा, फागुन १६ – जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा सञ्चालित “जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत समाजवादी मुस्लिम संघ सिरहाको जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति सिरहाको सभाहलमा आयोजित कार्यक्रममा मो. अन्सारको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको छ। नवगठित समितिले समाजवादी विचारधारालाई थप सशक्त बनाउँदै संगठन विस्तारमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख वक्ता जसपा नेपालका केन्द्रीय सचिव सुरेश मण्डल रहनुभएको थियो। उहाँले जसपाले मुलुकको राजनीतिक, सामाजिक, र आर्थिक परिवर्तनमा खेल्दै आएको भूमिकाको चर्चा गर्दै संगठन सुदृढीकरणको आवश्यकता औंल्याउनुभयो।

त्यस्तै, केन्द्रीय सदस्य चन्देश्वर पसमान, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य अबु कलाम अजाद फुल बाबु, प्रदेश सांसद साहिदा खातुन, समाजवादी मुस्लिम संघ प्रदेश विभाग प्रमुख युसुफ अली, समाजवादी मुस्लिम संघका अध्यक्ष मो. मोसाहिद हुसेन, जसपा नेपाल सिरहा जिल्ला अध्यक्ष अशोक यादव, र समाजवादी मुस्लिम संघ प्रदेश सदस्य मो. अल्लाउद्दिन दफाली लगायतका नेताहरूले आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, तथा जसपाका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समाजवादी मुस्लिम संघ प्रदेश सचिव तनबिर आलम चान्दले कार्यक्रम सञ्चालन गर्दै बैठकका उपलब्धिहरूबारे जानकारी गराउनुभएको थियो।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker