मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorizedशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

सिरहा टाईम्सकाे पहलमा लहान १७ देवीदहका अति विपन्न परिवारलाई कम्बल वितरण।

लहान नगरपालिका वडा नम्बर १७ का गरिब र विपन्न वर्गका व्यक्तिहरूलाई लहान वडा नम्बर ७ का मनकारी व्यक्तिहरूले कम्बल वितरण गरेका छन्।


लहान, सिरहा – लहान नगरपालिका वडा नम्बर १७ का गरिब र विपन्न वर्गका व्यक्तिहरूलाई लहान वडा नम्बर ७ का मनकारी व्यक्तिहरूले कम्बल वितरण गरेका छन्। यस परोपकारी कार्यमा संजय अग्रवाल, प्रियरंजन उपाध्याय, मानिश सारडा, आसुतोष अग्रवाल, तथा सिरहाटाइम्सका सञ्चालक ओम प्रकाश यादव र रहमुल राइनको महत्वपूर्ण भूमिका रहेको छ।

सिरहा जिल्लामा शीतलहर र चिसोको प्रभाव बढ्दै गइरहेको बेला, गरिब तथा विपन्न वर्गका व्यक्तिहरूका लागि यो सहयोग एक महत्वपूर्ण कदम सावित भएको छ। लहान वडा नम्बर ७ का सामाजिक मनकारीहरूले यो पहल गरेर समाजसेवाको उदाहरण प्रस्तुत गरेका छन्।

कम्बल वितरण कार्यक्रम लहान नगरपालिका वडा नम्बर १७ मा आयोजित विशेष कार्यक्रममा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित स्थानीयबासीले उक्त सहयोगप्रति आभार प्रकट गरेका छन्। “चिसोबाट जोगिनका लागि हामीलाई कम्बल वितरण गरेर सहयोग पुर्‍याउनु भएकोमा हामी अत्यन्तै खुसी छौं। यस्तो सहयोग निरन्तर भइरहोस्,” स्थानीय एक वृद्धले भने।

कार्यक्रमका मुख्य संयोजक संजय अग्रवालले भने, “चिसोले सबैभन्दा बढी प्रभावित हुने गरिब र विपन्न वर्गलाई लक्षित गरेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं। भविष्यमा पनि यस्ता परोपकारी कार्यहरूमा हाम्रो सक्रियता रहनेछ।”

सिरहा टाइम्सका सञ्चालक ओम प्रकाश यादवले समुदायमा एकता र सहयोगको भावना बढाउन यस्ता कार्यहरूको आवश्यकता रहेको बताए। उनले भने, “समाजमा समस्या समाधान गर्नका लागि सबै पक्षले हातेमालो गर्नुपर्छ।”

रहमुल राइनको समेत सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो। कार्यक्रमको समापनमा सबै सहभागीहरूले आगामी दिनमा पनि यस्तै परोपकारी कार्यहरू गर्न प्रतिबद्धता जनाएका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker