मिति:- १७ कार्तिक २०८२, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

जनकपुरधाममा जसपा मधेस प्रदेश अधिवेशन भाेलिदेखी, ६ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने

जसपा नेपाल अधिवेशन

सितल साह, ०८२ असाेज २५ , । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशको एकता अधिवेशन आज दिउँसोदेखि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृतिक भवनमा सुरु हुँदैछ।

पार्टीका प्रदेश अध्यक्ष बालकृष्ण प्रसाद यादवका अनुसार अधिवेशनमा ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षक गरी ६ सय जना विभिन्न जिल्लाबाट सहभागी हुनेछन्।

दुई दिनसम्म चल्ने यो अधिवेशनको उद्घाटन जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको छ। अधिवेशन असोज २७ र २८ गतेसम्म सञ्चालन हुनेछ।

अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, GenZ पुस्ताले उठाएका मागहरू, र प्रदेशको राजनीतिक, सामाजिक र संगठनात्मक सुदृढीकरण सम्बन्धी विषयमा विस्तृत छलफल हुने अध्यक्ष यादवले जानकारी दिनुभयो।

त्यसका साथै, अधिवेशनले अध्यक्ष, पदाधिकारीसहित ५१ सदस्यीय नयाँ प्रदेश समिति गठन गरी प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना रहेको बताइयो। समापन सत्रमा “जनकपुरधाम घोषणा पत्र” जारी गरिने पनि अध्यक्ष यादवले जानकारी दिनुभयो।

जसपा नेपालको मधेश प्रदेशमा बलियो संगठनात्मक पकड रहेको उल्लेख गर्दै यादवले भने, “अधिवेशनका प्रतिनिधिहरू वडा तहबाट लोकतान्त्रिक प्रक्रियामार्फत् चयन हुँदै आएका छन्।” पार्टीको विधानअनुसार ५० जना पार्टी सदस्यमा एक जना प्रदेश प्रतिनिधि छनोट हुने व्यवस्था रहेको उनले बताए।

पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै प्रदेश अध्यक्ष यादवले भने,
“साथीहरूको सुझाव र भावना अनुसार म फेरि पनि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छु।”

अधिवेशनका क्रममा पार्टी एकता, संगठन सुदृढीकरण र नयाँ पुस्ताको भूमिकासम्बन्धी विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button