मिति:- ८ पुष २०८१, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorizedसमाचारस्थानीय खबर

लहान २४ ब्राह्ममाकुमारि राजयाेगकाे छैठाे वार्षिकाेत्सब तथा गृह प्रवेश कार्यक्रम भब्यताका साथ सम्पन्न।।

लहान २४ गाेबिन्द्पुर ब्राह्ममाकुमारी राजयाेग पाठशाला द्वारा आयोजित छैठाे वार्षिकाेत्सब तथा गृह प्रवेश कार्यक्रम भब्यताका साथ सम्पन्न भएका छन।

सितल साह, लहान, पाैष २३। लहान २४ गाेबिन्द्पुर ब्राह्ममाकुमारी राजयाेग पाठशाला द्वारा आयोजित छैठाे वार्षिकाेत्सब तथा गृह प्रवेश कार्यक्रम भब्यताका साथ सम्पन्न भएका छन।

कार्यक्रमका अध्यक्षता ब्राह्ममाकुमारी राजयाेगका जनकपुर जाेन का सिर्जना गुरु ले गर्नु भएकाे थियाे ।कार्यक्रममा प्रमुख अतिथि लहानका उप प्रमुख राम चलितर महताे बिशिस्ट अतिथि वडा अध्यक्ष रासलाल राय तथा वडा सदस्य भाेगेन्द्र पासमान लगायत विभिन्न राजनिति दलका नेता, गाउका भद्र भलादमिहरुकाे उल्लेखनीय उपस्तिथि रहेकाे थियाे

कार्यक्रममा स्वागत मन्तब्य दिपा साफिले राखेका थिए भन्ने प्रमुख अतिथि , बिशिस्ट अतिथिहरुले मन्तब्य राख्नुभएको थियाे।शिव भगवान प्रतिकाे अस्ता र बिश्वास राखेर बिहान बेलुका हुने ध्यान गर्न र कलास लिन सबै जनसमुदायलाई लहान २४ कि संचालिका दिपा साफिले आग्रह गर्नु भयाे।

कार्यक्रममा उपमेयर रामचलितर महताेले भगवान शिव सबै देबाेका देब रहेकाले जाे काेहि धर्मप्रती आस्था राख्ने ब्यक्ति यस्लाइ सजिलै बिश्वास गरेर अगाडि बढन सक्ने बताउनु भयाे।आफू नगरकाे उपप्रमुखकाे नाताले यस लहान २४ मा रहेकाे यस केन्द्रलाई सक्दो सहयाेग गर्ने बाचा गर्नु भएकाे थियाे।यस परिसर भित्र खानेपानिकाे समस्याको बारेमा भन्दै म छिटै वडा संग समन्वय गरि निकाश निकाल्ने बताउनु भयाे।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रासलाल रायले आफू पनि शिव भक्त रहेकाे भन्दै सबैलाई आफ्नो गाउँ ठाउँमा रहेको यस किसिमकाे केन्द्रमा आएर ध्यान गरि शान्ति पाउन सक्ने बताउनु भयाे।आफू भारत गएकाे बेल यस केन्द्रकाे बारेमा चर्चा गर्दै एक जाना बाबाले शिव जि काे बारेमा अध्यन गर्ने माैका दिनुभएकाे थिए र मैले धेरै कुरा जाने र सिके पनि। यस केन्द्रको बारेमा भारत पनि निकै चर्चा रहेकाे वडा अध्यक्ष रायले बताउनु भयाे।आफू वडाका प्रतिनिधि भएकाे नाताले यस केन्द्रको बिकाश प्रती सदैब सकारात्मक रहने भन्दै यस पटक बजेट बिनियाेजन भैसकेको हुनाले अगामि दिनमा यस्को निम्ति छुटै बजेट छुट्टयाइ यहाँ देखिएका खानेपानीको समस्या सामाधान गर्ने प्रतिबद्धता जनाउनु भयाे।

त्यस्तै कार्यक्रममा आफ्नो मन्तब्य राख्दै बडा सदस्य भाेगेन्द्र पासमानले यहाँ देखिएका समस्या मध्ये राम जानकि मन्दिर निर्माण कार्य पनि एक रहेकाेले यस्मा ध्यान केन्द्रीय गराएका थिए। अगामि दिनमा बजेट आए पछि जिर्न रहेकाे राम जानकि मन्दिरमा लगाएर निर्माण गर्न आग्रह गर्नु भयाे।आफू पनि वडाकाे तर्फबाट बजेटकाे लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयाे। कार्यक्रमकाे अन्त्यमा उपमेयर महताे र वडा अध्यक्ष रायले रिवन काटि गृह प्रवेशकाे कार्यक्रम समापन गर्नु  भएकाे थियाे।अब देखि यश भवनमा नियमित ध्यान र कलाश हुने आह्वान कार्यक्रमका संचालकले गर्नु भएकाे थियाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker