मिति:- २४ चैत्र २०८१, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
उधघाटनपत्रपत्रिकामहाधिवेशनमुख्य-समाचारसमाचारस्थानीय खबर

मा.राजकुमार गुप्ताको प्रमुख अतिथिमा लक्ष्मिपुर पतारी ग.पा.काे अधिवेशन सम्पन्न ।।

जसपा नेपाल अन्तर्गत लक्ष्मिपुर पतारी गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न भएको छ।

 

सितल साह , सिरहा , २५ चैत्र, लहान — जसपा नेपालकाे सिरहा जिल्ला लक्ष्मिपुर पतारी गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न भएको छ। अधिवेशनको प्रमुख आतिथ्य सिरहा क्षेत्र नं. १ (प्रदेश ख) का प्रदेश सभा सदस्य तथा लोकप्रिय नेता माननीय राजकुमार गुप्ताले गर्नु भएको थियो।

अधिवेशनको बन्दशस्त्रको अनुसार सर्बसम्मत रुपमा १९ सदस्यीय गाउँपालिका समिति चयन गरिएको छ। जसअनुसार अध्यक्ष पदमा बद्री नारायण यादव, उपाध्यक्षहरूमा अनिरुध प्रसाद मण्डल र लालबाबु साह चयन भएका छन्। त्यसैगरी सचिवमा धर्मेन्द्र कुमार राय, उपसचिवहरूमा राज कुमार यादव र दिनेश कुमार यादव तथा कोषाध्यक्षमा श्याम मुखिया निर्वाचित भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि माननीय राजकुमार गुप्ताले समावेशी र जनउत्तरदायी नेतृत्व निर्माणको आवश्यकतामा जोड दिनुभयो। उहाँले स्थानीय तहलाई सशक्त बनाउने दिशामा यस्ता अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रदेश सभा सदस्यको रुपमा विजयी भएदेखि नै आम जनताको सुख-दुःखमा साथ दिने नेता भनेर चिनिने राजकुमार गुप्ता (राजु) सामाजिक तथा राजनीतिक क्षेत्रका लागि प्रेरणादायी पात्र बनेका छन्। पार्टीप्रति इमानदार, जनताको सेवा प्रति समर्पित र युवाशक्ति समेट्दै अघि बढ्ने गुप्ताको शैलीले उनलाई लोकप्रिय बनाएको छ।

स्थानिय नेता, कार्यकर्ता तथा जनसमुदायले युवा नेता गुप्ताको इमानदारी, कर्तव्यनिष्ठा र सक्रिय भूमिकाको प्रशंसा गरेका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै गाउँपालिकाभित्र विकास, समावेशिता र स्थायित्वको मार्गचित्र कोर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button