मिति:- ७ भाद्र २०८३, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

लोकज्योती उत्थान केन्द्रद्वारा कटारिकाे लिम्पटार माविमा शैक्षिक तथा खेलकुद सामग्री वितरण।

सितल साह,उदयपुर ,कटारी, भदाै १ । लोकज्योती उत्थान केन्द्रको “विद्यालय स्वास्थ्य कार्यक्रम” अन्तर्गत OUS Project Area मा रहेको श्री माध्यमिक विद्यालय लिम्पटार, कटारीमा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यालय परिवार, लोकज्योती उत्थान केन्द्रका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी वडा अध्यक्षसहित अतिथि, शिक्षक तथा विद्यार्थीहरूले सामूहिक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै कार्यक्रममा सहभागी अतिथिहरूसँग खुसी साटासाट गरेका थिए।


सामग्री वितरण कार्यक्रमले विद्यालयका विद्यार्थीहरूलाई अध्ययनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सक्रिय हुन थप उत्साह प्रदान गरेको विद्यालय पक्षले जनाएको छ। विद्यालयका तर्फबाट लोकज्योती उत्थान केन्द्रलाई विद्यालय र विद्यार्थीको आवश्यकता पहिचान गरी आवश्यक शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएकोमा विशेष धन्यवाद व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी स्थानीय अभिभावक तथा जनप्रतिनिधिहरूले विद्यालयको शैक्षिक वातावरण सुधार तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए। उनीहरूले विद्यालय स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा केन्द्रले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे।


लोकज्योती उत्थान केन्द्रका प्रतिनिधिहरूले विद्यार्थीको स्वास्थ्य, शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासलाई केन्द्रमा राखेर विद्यालय स्वास्थ्य कार्यक्रममार्फत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए। विद्यार्थीको सिकाइ वातावरणलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।


स्थानीय अभिभावक, जनप्रतिनिधि, विद्यालय परिवार, केन्द्रका प्रतिनिधि तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताका बीच कार्यक्रम भव्य, सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker