मिति:- २२ मंसिर २०८२, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

जनकपुरधाम, मधेश प्रदेश , १० मंसिर ०८२।।
जनता समाजवादी पार्टी, नेपालको पार्टी स्कुल तथा प्रशिक्षण विभागले आयोजना गरेको मधेश प्रदेश स्तरीय तीनदिने प्रशिक्षण कार्यक्रम आजदेखि जनकपुरधाममा सुरू भएको छ। औपचारिक उद्घाटन सत्रपछि पहिलो दिनको मुख्य प्रशिक्षण सेसन पार्टी अध्यक्ष तथा प्रमुख प्रशिक्षक उपेन्द्र यादवले सञ्चालन गरेका छन्।

यादवले “नेपालको राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन” विषयमा प्रशिक्षणार्थीहरूलाई विस्तृत प्रस्तुति दिँदै देशको वर्तमान राजनीतिक अवस्था, दलहरूको वैचारिक दिशा, शक्ति–सन्तुलन, प्रदेश–संघीय सम्बन्ध तथा समसामयिक राजनीतिक चुनौतीको विश्लेषण प्रस्तुत गरे। उनका अनुसार राष्ट्रिय राजनीतिमा उत्पन्न भइरहेका जटिलता बुझ्न र संगठनलाई प्रभावकारी बनाउँदै लैजान, शैक्षिक–राजनीतिक अध्ययन अत्यन्त आवश्यक छ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रह्यो।
पार्टी स्कुल तथा प्रशिक्षण विभागका अध्यक्ष सुरेश मण्डलका अनुसार प्रशिक्षणको मुख्य उद्देश्य मधेश प्रदेशभरि संगठनात्मक संरचना सुदृढ बनाउने, राजनीतिक अध्ययनलाई व्यवस्थित गर्ने तथा कार्यकर्तालाई स्पष्ट नीति–दिशा प्रदान गर्नु रहेको छ।

यो प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button