मिति:- २१ मंसिर २०८२, शनिबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

देशभरका सीडीओमार्फत प्रधानमन्त्रीलाई जसपा नेपालको ज्ञापन– विकास, महँगी र सीमा सुरक्षाबारे तत्काल कदम चाल्न माग

सिरहा १० मंसिर २०८२।।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले मुलुकमा देखिएका प्रमुख समस्याहरूको समाधानका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै देशभरका प्रमुख जिल्ला अधिकारी (सीडिओ) मार्फत प्रधानमन्त्रीलाई एकैपटक ज्ञापन पत्र बुझाएको छ।

जसपा सर्लाहीका जिल्ला अध्यक्ष रणधिर यादवका अनुसार समसामयिक समस्याहरूलाई समाधानतर्फ अघि बढाउन सरकार गम्भीर नभएको भन्दै पार्टीले एकैदिन सम्पूर्ण जिल्लामा अभियान सञ्चालन गरी ज्ञापन पत्र बुझाएको हो। उनले विकास निर्माणमा देखिएको अवरोध, महँगीको चर्को असर, सीमा क्षेत्रमा बढ्दो चुनौती तथा जनसेवामा भइरहेको ढिलासुस्तीलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नुपर्ने बताए।

यसैगरी जसपा नेपाल सिरहा जिल्ला अध्यक्ष अशोक यादवले स्थानीय तहमा जनताले झेल्दै आएका समस्याहरू बारम्बार उठाउँदा पनि सम्बोधन हुन नसकेपछि औपचारिक रूपमा प्रधानमन्त्रीसम्म आवाज पु¥याउन बाध्य भएको स्पष्ट पारे। उनका अनुसार जनजीवनसँग प्रत्यक्ष सम्बन्धित मुद्दामा राज्यको उदासीनता रहँदै आएकोले पार्टीले राष्ट्रव्यापी रूपमा एकैमुष्ट ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो।

ज्ञापन पत्रमा विशेषतः विकास निर्माणका अवरोध हटाउन, बढ्दो महँगी नियन्त्रण गर्न, सीमा क्षेत्रमा देखिएका समस्यामाथि कडाइ गर्न, जनसेवामा सुधार ल्याउन तथा स्थानीय प्रशासनसँग समन्वय अभाव अन्त्य गर्न तत्काल पहल गर्न सरकारलाई आग्रह गरिएको छ।

केन्द्रीय परिपत्रअनुसार सो कार्यक्रम देशभर एकै समय सञ्चालन गरिएको थियो। जसअन्तर्गत केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरूले आफ्ना-आफ्ना जिल्लामा सीडीओलाई भेटी ज्ञापन पत्र बुझाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button