मिति:- २२ मंसिर २०८२, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहानमा माग बेवास्ता भएपछि Gen-Z सडकमा, मेयर महेश चौधरीविरुद्ध कडा प्रदर्शन

सितल साह,लहान,सिरहा ०८२ कार्तिक २८ ।।लहान नगरपालिकामा विभिन्न मागको वेवास्ता भएको भन्दै Gen-Z लहानले आज मेयर महेश चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाविरुद्ध बृहत् मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेको छ। एक महिना अघि आफ्ना जायज मागहरू समेटिएको ज्ञापनपत्र बुझाएर एक हप्ताभित्र समाधान गर्न अनुरोध गरे पनि एक महिना बितिसक्दा पनि कुनै कदम नचालिएको भन्दै युवाहरू सडकमा उत्रिएका हुन्।

सयौँको संख्यामा सहभागी युवाहरूले ‘भ्रष्ट मेयर राजीनामा दे’, ‘चोर मेयर कुर्सी छोड’, ‘Gen-Z का माग सम्बोधन गर’, ‘भ्रष्टाचार हटाउ, नगर बचाउ’, ‘महेश चौधरी मुर्दावाद’ लगायतका ताकतिला नारासहित नगर परिक्रमा गर्दै विरोध जनाए। र्‍यालीपछि नगर सभा हल अगाडि मन्तव्य राख्दै नाराबाजी गरिएको थियो, जहाँ वक्ताहरूले मेयर चौधरीको कार्यशैलीलाई ढीट, हठी र फोटोसेसनमै सीमित भएको आरोप लगाउँदै ७ दिनभित्र माग सम्बोधन नभए चरणबद्ध कठोर आन्दोलन सञ्चालन गर्ने चेतावनी दिए।

एउटा युवा वक्ताले मेयर चौधरीले मुसहर समुदायमा मानिसको मृत्यु भएपछि मात्र राहत वितरण गर्दै प्रचार गर्ने तर बिरामी हुँदा उपचारमा सहयोग नगर्ने आरोप सार्वजनिक गर्दै भने, “हाम्रो मेयर उपचार गराउन सहयोग गर्दैन, मृत्यु कुर्दै बस्छ, मरेपछि फोटोसेसन गर्दै देखाउछ।” यस्तो प्रवृत्ति मानवता विपरीत भएको बताउँदै युवाले तत्काल सुधारको माग गरे।

मानवअधिकारवादी राजकुमार राउत तथा सुरेन्द्र कुशवाहाले पनि आन्दोलनमा सहभागी भई अनुगमन गरेका थिए। उनीहरूले Gen-Z को आन्दोलनलाई न्यायोचित ठहर गर्दै मेयर चौधरीले युवाहरूका मागलाई बेवास्ता गर्नु मनोमानी प्रवृत्तिको द्योतक भएको टिप्पणी गरे। माग तत्काल सम्बोधन नगरे परिस्थितिको जिम्मेवारी स्थानीय सरकार आफैले लिनुपर्ने चेतावनी समेत दिए।

Gen-Z का युवाहरूले करार कर्मचारीको सूची सार्वजनिक गर्न, नगरपालिका अन्तर्गतका सबै विकास योजनाहरू, बजेट तथा गतिविधिहरू अनलाइनमा सार्वजनिक गर्न, स्वीकृत दरबन्दीबाहेकका करार तथा ज्यालादारी कर्मचारीहरूको व्यवस्था रद्ध गर्न माग गरेका थिए। तर माग अनुसार कुनै पनि काम नगरिएको भन्दै उनीहरूले आजको जोरदार प्रदर्शन गरेका हुन्।

उपस्थित संचारकर्साथिहरु धन्यवाद ज्ञापन गर्दै आश्चर्यजनक रूपमा नगरकै ठूलो आन्दोलन हुँदाहुँदै पनि अधिकांश पत्रकारहरूको उपस्थिति न्यून देखिएको थियो। यसबारे एक Gen-Z युवाले दुःख व्यक्त गर्दै भने, “हाम्रो जायज मुद्दा जनतासम्म पुर्‍याउन मिडियाको ठूलो भूमिका हुन्छ। पत्रकार साथिहरूले सहकार्य गरिदिन हामी अपिल गर्छौं।”।

पशुपति आदर्श मा.बि देखि सुरु भएको विरोध यात्रा नगर परिक्रमा गर्दै हाईवेस्थित सहिद चौकमा कोणसभा सम्पन्न भएपछि कार्यक्रम समाप्त गरिएको थियो। Gen-Z का युवाहरूले अन्तिममा पुनः चेतावनी दिंदै भने—यदि माग जनताको पक्षमा हो भन्ने बुझ्दा पनि नगरपालिका मौन रह्यो भने भोलिका कुनै पनि अप्रिय परिणामका जिम्मेवार मेयर महेश चौधरी स्वयं हुनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button